२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीका लागी बैशाख महिनामा ५६ हजार नेपाली बाहिरिए

२०७५, १६ जेष्ठ बुधबार १३:२२

जेठ १६,काठमाडौं । बैदेशिक रोजगारीको लागि ५६ हजार ८७ जना नेपालीहरु वैशाख महिनामा विदेशिएका छन् ।म्यानपावर कम्पनी मार्फत, रिइन्ट्री,व्यक्तिगत, इपिएस  तथा बैधानिकरण भएर यो संख्यामा नेपालीहरु विदेशिएका हुन्  ।वैदेशिक रोजगार विभागको वैशाख महिनाको विवरण अनुसार संस्थागत रुपमा ३० हजार २ सय ४० जना कामदार वैदेशिक रोजगारीमा गएका हुन् । वैशाख महिनामा अन्य प्रक्रियाबाट जानेको संख्या २५ हजार ८ सय ४७ रहेको विभागले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरीयामा वैशाख महिनामा ४७ महिलासहित ९ सय ७८ जना ईपीएस मार्फत गएका छन् ।   रिइन्ट्री मार्फत विभिन्न देशमा २२ हजार ४ सय ७९ जना गएका छन् भने व्यक्तिगत रुपमा जानेको संख्या ८ सय ३९ जना रहेको छ । वैशाखमा बैधानिकरण हुनेको संख्या १ हजार ५ सय ५१ रहेको विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार गत चैत्र महिनामा ३१ हजार ८ सय १८ जना कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए । विभागले तयार पारेको तथ्यांकका आधारमा वैशाख महिनामा संस्थागत रुपमा सबैभन्दा धेरै मलेसिया पुगेका छन् । मलेसिया जानेको संख्या १० हजार १ सय १४ रहेको छ । 

गत महिनामा कतार दोश्रो स्थानमा परेको छ । कतारमा ८ हजार ५ सय ८६ जना गएका छन् ।  तेस्रो स्थानमा रहेको यूएईमा जाने कामदारको संख्या  बढेको छ । चैतमा ३ हजार ९ सय १८ जना गएको यूएईमा वैशाखमा ५ हजार ४ सय ६० जना गएका छन् । अघिल्लो महिनाको आँकडा हेर्दा यूएई जानेको संख्या निरन्तर बढेको छ । उक्त मुलुकमा जाने संस्थागत र व्यक्तिगत रुपमा जानेको संख्या हाराहारी  छ ।

चौथो स्थानमा रहेको  साउदी अरबमा  वैशाख महिनामा  २ हजार ९ सय ८३ जना गएका छन् ।  वैशाखमा १ हजार ७ सय ७४ जना कुवेत गएका छन् ।वैशाखमा बहराईनमा ३ सय १२ जना, टर्कीमा २ सय ९८ जना, पोल्याण्डमा १ सय ९६,ओमानमा २ सय २७ जना, जोर्डनमा ३ जना, मकाउमा ८ जना कामदार गएका छन् ।

त्यस्तै, अफगानिस्तानमा संस्थागत रुपमा १४ जना गएका छन् । नेपाली कामदार रि इन्ट्री मार्फत  वैदेशिक रोजगारीमा जाने मुलुकमा यूएई, कतार र मलेसिया रहेका छन् । वैशाखमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या १ हजार ९ सय ४४ रहेको छ । त्यसमध्ये सबै भन्दा बढी यूएईमा ६ सय १० जना, कतारमा २ सय ८९ जना, मलेसियामा ३ सय ९५ जना जोर्डनमा ३ जना र कुवेतमा २ सय ५३ जना गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ