२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाइदिने भन्दै कन्सलट्यान्सीको लाखौँ ठगि धन्दा (भिडियो/प्रमाण सहित)

२४ जेष्ठ २०७५, बिहीबार १०:०१

मनोज पराजुली । जेठ २४, काठमाडौं । पोल्याण्ड पठाइदिने भन्दै रसुवाका दुई युवालालाई ६ लाख ठगेर एक एजुकेशन कन्सलट्यान्सी संचालक परार भएका छन्। रसुवा जिल्ला साविकको  भोर्ले गाविस ४ का लक्ष्य घले र अमृत बहादुर घलेबाट तीन तीन लाख रकम लिएर थापाथलीमा रहेको  ब्रोड वे एजुकेशन कन्सलट्यान्सीका संचालक दिपक कुमार सेन फरार भएका हुन् ।

माथिको तश्विरमा: ठगीको रकम लिने बिमल घले (कन्सलटेन्सीको भिजिटिङ कार्डमा घलेलाई CEO लेखिएको छ)


माथिको तश्विरमा: ठगिएका दुई युवाहरु लक्ष्य घले र अमृत बहादुर घले । 

पोल्याण्डको एक कम्पनीमा मासिक ५ सय ५० युरो तलब हुने आकर्षक प्रलोभन देखाएर बिमल घलेले रकम लिएको पीडित लक्ष्य घलेले बताए । रकम अशुल गर्ने बिमल घले धादिंङ गुम्दी ५ स्थायी बासिन्दा भएपनि हाल काठमाडौं बस्दै आएका उनले बताएका छन् । बिमल घलेसंगै कन्सलट्यान्सी संचालक दिपक कुमार सेनसंग सम्पर्क हुन नसकेको उनले बताए । 

बैदेशिक रोजगारीमा जाने तरखरमा रहेका उनीहरुलाई आफन्त पर्ने बिमल घलेले पोल्याण्डमा पठाइदिने आस्वाशन दिएको र सोहि अनुरुप रकम दिएको उनले बताएका छन्। पोल्याण्ड जानको लागि शुरुमा ९ लाख मागेपनि ६ लाखमा पोल्याण्ड पठाउने भन्दै रकम  लिएको उनले बताए ।

माथिको तश्विरमा: कन्सलटेन्सीले सिधा लक्ष्य घलेसँग गरेको कन्ट्रयाक पेपर ।

शुरुमा ३ महिनाभित्र सबै काम सकिने भन्दै पहिलो पटक  २०७४ कात्तिक १२ गते एक एक लाख र दोश्रो पटक गत पुष १६ गते दुई दुई लाख लिएको हो  उनले भने ‘घरको लालपुर्जा धितो राखेर सहकारीबाट ऋण लिएर कात्तिक देखि मासिक ब्याज तिरिरहेका छौं।’’ तीन तीन लाख लिएपछि बाँकि रकम भारतबाट फर्किएपछि लिने भन्दै गएका तर त्यसपछि उनीसंग सम्पर्क हुन नसकेको अमृत घलेले बताए ।

दोश्रो पटक रकम लिएर बिमल भारत गई काम मिलाई आउने भन्दै सम्पर्कमा नआएपछि मात्र आफू ठगिएको थाहा पाएको लक्ष्य घलेले  सुनाए । सो कन्सलट्यान्सीले अरु पनि धेरै जनाको रकम लिएर संचालक कार्यालय बन्द गरि भागेको उनले बताएका छन् । आम्दानीको श्रोत नभएकोले फसेको रकम कसरी अशुल गरि ऋण तिर्ने चिन्तामा रहेको उनीहरुले गुनासो गरेका छन् ।

ठगि गर्ने उक्त कन्सलट्यान्सी विरुद्ध यस अघि पनि ठगीका मौखिक जानकारी आइसकेको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख बालकृष्ण चापागाईंले जानकारी दिएका छन् । उनले पीडितले लिखित जानकारी दिएमा थप अध्ययन गरि दोषीलाई कारवाही गर्न सहज हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान