२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाइदिने भन्दै कन्सलट्यान्सीको लाखौँ ठगि धन्दा (भिडियो/प्रमाण सहित)

२०७५, २४ जेष्ठ बिहीबार १०:०१

मनोज पराजुली । जेठ २४, काठमाडौं । पोल्याण्ड पठाइदिने भन्दै रसुवाका दुई युवालालाई ६ लाख ठगेर एक एजुकेशन कन्सलट्यान्सी संचालक परार भएका छन्। रसुवा जिल्ला साविकको  भोर्ले गाविस ४ का लक्ष्य घले र अमृत बहादुर घलेबाट तीन तीन लाख रकम लिएर थापाथलीमा रहेको  ब्रोड वे एजुकेशन कन्सलट्यान्सीका संचालक दिपक कुमार सेन फरार भएका हुन् ।

माथिको तश्विरमा: ठगीको रकम लिने बिमल घले (कन्सलटेन्सीको भिजिटिङ कार्डमा घलेलाई CEO लेखिएको छ)


माथिको तश्विरमा: ठगिएका दुई युवाहरु लक्ष्य घले र अमृत बहादुर घले । 

पोल्याण्डको एक कम्पनीमा मासिक ५ सय ५० युरो तलब हुने आकर्षक प्रलोभन देखाएर बिमल घलेले रकम लिएको पीडित लक्ष्य घलेले बताए । रकम अशुल गर्ने बिमल घले धादिंङ गुम्दी ५ स्थायी बासिन्दा भएपनि हाल काठमाडौं बस्दै आएका उनले बताएका छन् । बिमल घलेसंगै कन्सलट्यान्सी संचालक दिपक कुमार सेनसंग सम्पर्क हुन नसकेको उनले बताए । 

बैदेशिक रोजगारीमा जाने तरखरमा रहेका उनीहरुलाई आफन्त पर्ने बिमल घलेले पोल्याण्डमा पठाइदिने आस्वाशन दिएको र सोहि अनुरुप रकम दिएको उनले बताएका छन्। पोल्याण्ड जानको लागि शुरुमा ९ लाख मागेपनि ६ लाखमा पोल्याण्ड पठाउने भन्दै रकम  लिएको उनले बताए ।

माथिको तश्विरमा: कन्सलटेन्सीले सिधा लक्ष्य घलेसँग गरेको कन्ट्रयाक पेपर ।

शुरुमा ३ महिनाभित्र सबै काम सकिने भन्दै पहिलो पटक  २०७४ कात्तिक १२ गते एक एक लाख र दोश्रो पटक गत पुष १६ गते दुई दुई लाख लिएको हो  उनले भने ‘घरको लालपुर्जा धितो राखेर सहकारीबाट ऋण लिएर कात्तिक देखि मासिक ब्याज तिरिरहेका छौं।’’ तीन तीन लाख लिएपछि बाँकि रकम भारतबाट फर्किएपछि लिने भन्दै गएका तर त्यसपछि उनीसंग सम्पर्क हुन नसकेको अमृत घलेले बताए ।

दोश्रो पटक रकम लिएर बिमल भारत गई काम मिलाई आउने भन्दै सम्पर्कमा नआएपछि मात्र आफू ठगिएको थाहा पाएको लक्ष्य घलेले  सुनाए । सो कन्सलट्यान्सीले अरु पनि धेरै जनाको रकम लिएर संचालक कार्यालय बन्द गरि भागेको उनले बताएका छन् । आम्दानीको श्रोत नभएकोले फसेको रकम कसरी अशुल गरि ऋण तिर्ने चिन्तामा रहेको उनीहरुले गुनासो गरेका छन् ।

ठगि गर्ने उक्त कन्सलट्यान्सी विरुद्ध यस अघि पनि ठगीका मौखिक जानकारी आइसकेको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख बालकृष्ण चापागाईंले जानकारी दिएका छन् । उनले पीडितले लिखित जानकारी दिएमा थप अध्ययन गरि दोषीलाई कारवाही गर्न सहज हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ