साउन ९, काठमाडौँ | गएराति भारतको नयाँ दिल्लीबाट १६ जना नेपाली युवतीको उद्दार भएको छ । युवतीहरुलाई नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।
नेपाली युवतीहरुलाई नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतसम्म पुर्याइ त्यहाँबाट पनि अवैध रुपमा कुवेत पुर्याउन लाग्दा दिल्लीकै सामाजिक संस्थाहरुको पहलमा उदार गरिएको हो ।

आफ्नो ट्विटरमा यस बिषयमा स्टाटस र तश्विरहरु पोष्ट गर्दै एक सामाजिक अभियन्ता अमित मिश्र भनेका छन्, ‘आश्चर्यको कुरा छ, नेपाली युवतीलाई यहाँबाट कुवेत र इराक लान लागेको कुरा महिला आयोगले थाहा पायो । तर, ५ सय मिटरको दूरीमा रहेको प्रहरीले केही थाहा पाएन ।’
उनीहरुलाई कुवेत र इराक लाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा उद्दार गरिएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो स्टाटसमा थप उल्लेख गरेका छन्, 'केन्द्र सरकार के गर्दैछ ??'
