2026-10-21 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु

काठमाडौँ | इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि मध्यपूर्वमा युद्ध बढ्दै गएकाे छ। इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा बेरुत तथा दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुने संख्या प्रारम्भिक रहेको उल्लेख गरेको छ।

इरानसँग सम्बन्धित समूह हिज्बुल्लाहले इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इजरायली सेनाले जवाफी कारबाहीस्वरूप बेरुत तथा दक्षिणी लेबनानका लक्षित क्षेत्रमा आक्रमण सुरु गरेको हो। आक्रमणअघि इजरायलले दक्षिण लेबनानका दर्जनौँ बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो। इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेपछि स्थिति झन् तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिज्बुल्लाहले भने लेबनानबाट इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार गरेको पुष्टि गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन उक्त आक्रमण गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार प्रहार गरिएका केही क्षेप्यास्त्र खुला क्षेत्रमा खसेका थिए। शिया मुस्लिम राजनीतिक तथा सैन्य संगठन हिजबुल्लाहलाई इरानको बलियो समर्थन रहेको मानिन्छ र उक्त समूहले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्दै आएको छ।

यसअघि अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गर्दा खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए। त्यसको जवाफस्वरूप इरानले इजरायल र अमेरिकी सैन्य उपस्थित रहेका खाडी मुलुकहरूतर्फ क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नभएसम्म’ इरानमाथिको सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ