2026-10-21 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन

अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा आयातोल्लाह अली खामेनी मारिएको खबर सार्वजनिक भएपछि पाकिस्तानका प्रमुख सहरहरूमा व्यापक प्रदर्शन र हिंसात्मक झडप भड्किएको छ । आइतबार देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शिया समुदायको बाहुल्यता रहेका क्षेत्रमा प्रदर्शनले उग्ररूप लिएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको जनाएको छ ।

झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । इस्लामावादको ‘रेड जोन’ नजिक हजारौँ प्रदर्शनकारी भेला भएर अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाएका थिए, जसका कारण इस्लामावादस्थित सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ । कराँचीमा प्रदर्शनकारीले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट तोड्दै मुख्य भवनका झ्यालहरूमा क्षति पुर्‍याएपछि स्थिति झनै तनावग्रस्त बनेको थियो । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको आदेश दिएका छन् ।

उत्तरी पहाडी क्षेत्र गिल्गिट-बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ । पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको औपचारिक निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कूटनीतिक र राजनीतिक कदम नचालेको भन्दै असन्तोष व्यक्त गरेका छन् । यसैबीच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई भिडभाड हुने क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

सन् १९७९ मा पनि यस्तै अफवाहपछि पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगजनी भएको ऐतिहासिक पृष्ठभूमि यसपटकको घटनासँग जोडेर हेरिएको छ । लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको निधनप्रति शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ