पुस २०, काठमाडौं। राजस्व अनुसन्धान विभागले म्यानपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ मागदावीसहित मुद्दा दायर भएको उनले जानकारी दिए ।
वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले आधा दर्जन भन्दा बढी म्यानपावर कम्पनि विरुद्ध छानविन शुरु गरेको थियो ।पूर्व एमाले निकट म्यानपावर व्यवसायी तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनि स्काई ओभरसिजका सञ्चालक हुन्।