चैत २०, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेत हुँदै भिजिट भिषामा साउदी अरेबिया पुर्याइएका २ जनाको उद्धार
गरि नेपाल फिर्ता पठाएको छ । कास्कीकी घर भएकी गीता दमाई र गुल्मीकी सुमित्रा सार्कीलाई उद्वार गरी बुधबार नेपाल पठाएको दुतावासले जनाएको छ।
निजहरुलाई कुवेतमा काम गर्न भनी नेपालबाट लगिएको तर पछि साउदी अरेबिया ल्याएर काममा लगाएको पाइएको दुतावासले जनाएको छ । निजहरुले आफूलाई तोकिए बमोजिम तलबसुविधा नपाएको र मालिकबाट अमानवीय व्यवहार भएको भन्दै उद्वार गरिपाउँ भनी राजदूतावासमा अनुरोध गरेपछि कानुनी प्रकृया पूरा गरी नेपाल पठाइएको दुतावाले जनाएको छ ।