२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोन लिन आवेदन दिनेहरु वोर्डको सिफारिस लिएर बैंक जानुस्

२०७६, १० बैशाख मंगलवार १०:४३

वैशाख १०, काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बिदेशबाट फर्किएकाहरुले पाउने सहुलियत कर्जाका लागि बैंकहरुमा सम्पर्क गर्न आग्रह गरेका छन् । बैदेशिक रोजगार एप मार्फत प्राप्त भएका जिज्ञासाको जवाफ दिंदै श्रेष्ठले सहुलियत कर्जा वोर्डले नभई बैंकले दिने भएकोले बैंकमा नै सम्पर्क गर्न आग्रह गरेका हुन्  । 

विदेशबाट फर्किएकाहरुलाई लक्षित गरि वोर्डले गत पुसमा सहुलियत कर्जाका लागि आवेदन खुला गरेको थियो । सो अवधिमा कुल १८ हजार ७ सय ६७ युवाले आवेदन दिएका थिए । फर्म लिएपछि वोर्डले कुनै जानकारी नदिएको भन्दै तिनै आवेदन दिने युवाहरुले आफूले बुझाएको आवेदन के भयो, ऋण कहिले पाइएला ? भनेर बैदेशिक एप मार्फत जिज्ञासा टिपाएका छन् । तर आवेदन फर्म भर्ने बेलामा नै लोन वोर्डले नभई बैंकले लोन दिने भनेर उल्लेख गरिएको थियो । त्यस विषयमा आवेदकहरु नै जानकार नहुँदा अहिलेको अवस्था आएको निर्देशक श्रेष्ठ बताउँछन् । 

बोर्डले कसैलाई निरास बनाएर पठाएको छैन श्रेष्ठले भने "वोर्डमा सिफारिस लिन आउनेहरुलाई  उनीहरुको नाम, पासपोर्ट नम्बर सूचीकरण लिष्ट अनुसार प्रमाणीकरण गरेर पठाएका छौं, उनीहरु आँफै बैंकमा गएर कुरा गर्ने हो।"  वोर्डमा आवेदन दिएकै भरमा लोन नपाउने श्रेष्ठले बताए । उनले भने "बैंकलाई चित बुझाउने काम उनीहरुकै हो, लिने उनीहरु दिने बैंक, दुई पक्षविच सहमति भएर नै लोन दिने त हो ।"   

राष्ट्र बैंकले  शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, व्यवसायिक कृषि क्षेत्रमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ यथाशीघ्र लागू गराउन बैंक तथा वित्तीय संस्थालाई गत पुसमा नै निर्देशन दिएको थियो। सोहि अनुरुप केहि 'क' वर्गका बैंकले लोन सेवा दिन थालिसकेका जनाएका छन् । प्रभु बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक लगाएतले सहुलियत कर्जा सेवा दिइरहेको सझासबाललाई जानकारी दिएका छन् । तसर्थ लोन लिनका लागि बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र लिएर जुन कुनै क वर्गका बैंकमा गएर निवेदन दिन सकिन्छ । 

वाणिज्य बैंकहरुले उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाख रुपैयाँसम्म ऋण दिनेछन्। वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिन चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरेको थियो। कर्जाका लागि आवेदन दिनेहरु कुनै पनि देशमा रोजगारी गरेको कम्तिमा ६ महिना र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमति पत्र लिएकाहरुले भने पाउने छैनन् ।

लोन लिन डकुमेन्ट के के चाहिन्छ ?

  • पासपोर्टमा भिषा लागेको प्रमाणित प्रतिलिपि 
  • आंफुले विदेशमा काम गरेको अनुभव खुल्ने कागजात 
  • बिदेशमा गरेको काम नेपालमा नै गर्न लागेको बारे खुल्ने परियोजनाको विवरण 
  • लोन आवेदन फर्म बैंकमा भर्ने  
  • व्यक्तिगत प्यान नम्बर (स्थायी लेखा नम्बर) वा कम्पनी दर्ता भए कम्पनीका अध्यावधिक भएका विवरण 
  • बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र 
  • सहुलियत कर्जा हो भन्ने खुल्ने निवेदन बैंकमा नै गएर भर्ने 
  • अन्य थप  जानकारी सम्बन्धित बैंकबाट बुझ्न सकिन्छ 

यो पनि पढ्नुहोस् 

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ