६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने

४ बैशाख २०७६, बुधबार १०:४९

बैशाख ४, काठमाडौं। प्रभु बैंकले धितो दिन नसक्नेहरुका लागि परियोजना धितोमा (तपाइले गर्न चाहेको व्यवसायलाई नै धितो मानेर) ऋण दिने योजना ल्याएको छ । पाँच करोड रुपैयाँसम्म ऋण दिने यस्तो योजनाको ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै पर्ने बैंकले जनाएको छ ।


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्रानुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन्। बैंकले बुधबार पत्रकार सम्मेलन गरि सस्तो ब्याजमा पाइने व्यवसायिक कृषि, शिक्षित युवा बेरोजगार, बैदेशिक रोजगारीबाट फर्केका युवा, दलितको लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि कर्जा योजना बारे जानकारी दिएको हो ।

बैंकले आफ्नो औसत ब्याज ९.३७ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोड्ने छ । यसो गर्दा बैंकको ब्याज ११.३७ प्रतिशत पुग्नेछ । तर, सरकारले २१ भदौ २०७५ मा पारित गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’मा यस्तो कर्जामा सरकारले ६ प्रतिशत ब्याज दिने उल्लेख छ । सोही कारण बैंकको ब्याज ११.३७ प्रतिशत भएपनि ऋणीले जम्मा ५.३७ प्रतिशत मात्रै तिर्दा हुने भएको हो ।

बैंकले व्यवसायिक कृषि कर्जा योजनामा ५ करोड रुपैयाँसम्म ऋण दिनेछ । यस्तै श्रमशील कर्जा योजनामा १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि भने परियोजनाको व्यवसायिक सम्भावना नै धितो हो । राम्रो सम्भावना देखिएका परियोजनालाई बैंकले विनाधितो ऋण दिनेछ ।

बैंकले १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुनै पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ । शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । यो योजनामा योग्य हुनको लागि स्नातक तहसम्मको अध्ययन भएको र ४० बर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्नेछ ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । यो योजनामा विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म ऋण विनाधितो पाउने छन् । यस्तो कर्जा लिने व्यक्तिसँग विदेशको पीआर तथा ग्रीन कार्ड हुन नहुने र विदेशबाट फर्केको ३ बर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकले महिला उद्यमीको लागि उजेली कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षको लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ । बैंकले दलित समुदायको लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षसम्मको लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या