२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र ओमान विच जुट्यो सहमति, कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने

२०७६, २० बैशाख शुक्रबार १४:२४

मनोज पराजुली, बैशाख २०, काठमाडौं । नेपाल र ओमान विच श्रम समझदारीको मस्यौदामा सहमती जुटेको छ । दुबै देशका उच्चस्तरीय श्रम अधिकारीहरु विच बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएको हो ।

मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव राम प्रसाद घिमिरेले साझा सबाललाई जानकारी दिए। नेपाल र ओमान बिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुन् लागेको हो। 

अब दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ सह-सचिव घिमिरेले भने "श्रम सम्झौतामा १ महिना भित्र हस्ताक्षर गर्नेगरि दुई पक्षीय छलफल जारी राखिनेछ, रमजान लगत्तै सम्झौतामा हस्ताक्षर हुनसक्छ।" नेपालले आफ्नो तर्फबाट राख्दै आएको श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँच लगायत विषयमा बैठकको अन्तिम समयमा सहमति जुटेको सह सचिव घिमिरेले बताए । 

नेपाली पक्षले श्रमिक संगठन (आईएलओ) को मापदण्डअनुसार श्रमिक भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने, श्रमिकको सुरक्षामा जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको प्रत्याभूति हुनुपर्ने लगायतका विषय उठाउँदै आएको थियो । सोहि अनुरुप शून्य लागत सहित न्युनतम तलब ग्यारेन्टी, बिमा सहितका विषयमा समेत सहमति जुटेको उनले बताए । 

नेपालले हालसम्म कतार, बहराइन, यूएई, जोडन, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायल गरी ८ वटा रोजगार गन्तव्य देशसँग श्रम सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु