२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी खोज्दै वैशाखमा मात्रै ४८ हजार युवा विदेशिए, सरकारको बेरोजगार लक्षित कार्यक्रम खै ?

२०७६, ७ जेष्ठ मंगलवार ०४:०७

जेष्ठ ७, काठमाडौं । सरकारले बेरोजगार लक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि नेपालीहरु बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । कामको खोजीमा वैशाख महिनामा मात्रै ४८ हजार युवा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वैशाख महिनाको तंथ्याक अनुसार संस्थागत,व्यक्तिगत, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी ४८ हजार ७ सय ५६ जना रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीका लागि २२ वटा देश गएको विभागले जनाएको छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत पुन श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

त्यस्तै गरि ४१ देशका लागि ५ सय ८८ पुरुष र १ सय ६६ महिला गरि ७ सय ५४ जनाले व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिएका छन् । वैधानिकरण मार्फत ५३ देशका लागि १५ सय ६४ पुरुष र १ सय ४३ महिला गरि १७ सय ७ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

कामदारको पहिलो रोजाई कतार, दोश्रोमा साउदी अरव 

विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार पहिलो स्थानमा परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्। अघिल्ला वर्षहरुमा युवाहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा मलेसिया रहँदै आएको थियो । तर सरकारले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण देखिएको हो । 

कतारपछि नेपाली युवाहरुको दोश्रो रोजाइमा साउदी अरब परेको छ। साउदीमा बैशाख महिनामा मात्रै ११ हजार ९ सय ७२ जना गएका छन् भने तेश्रोमा युएई परेको छ ।  युएई जाने कामदारको संख्या १० हजार २ सय ४० रहेको छ। 

५९ प्रतिशत अदक्ष कामदार

वैशाख महिनामा विदेशिएका ५९ प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय ५० अदक्ष कामदार छन्। सम्बन्धित काम बारे सिप नहुँदा अदक्ष कामदारहरुले निम्न स्तरको काम गर्दै आएका छन् जसका कारण तलब समेत कम पाउने गर्दछन् । विभागको रेकर्ड अनुसार १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सय २२ कामदारहरु अर्धदक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी