२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन

२०७६, १५ जेष्ठ बुधबार ०८:४८

शरद शर्मा, जेठ १५, धादिङ । राससतीन वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्र्किएका थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङले अहिले व्यावसायिक कृषि खेती शुरु गर्नुभएको छ । मलेसियामा रहँदा मुस्किलले रु तीन लाख कमाउन सक्नुभएका उहाँ अहिले आफैँले शुरु गरेको व्यावसायिक कृषिबाट मासिक रु ४० देखि ५० हजार कमाउने गर्नुभएको छ । 

उहाँले अहिले आफ्नै घरमा करीब रु ३० लाखको लगानीमा बाख्रा फार्म, स्थानीय कुखुरा र कागती खेती गरेर व्यावसायिक कृषिमा लाग्नुभएको छ । “वैदेशिक रोजगारीबाट तीन वर्षमा कमाउने पैसा मैले व्यावसायिक कृषि गरेर छ महीनामा कमाउने गरेको छु”, उहाँले भन्नुभयो, “नेपालमा काम गर्दा मनग्य पैसासहित सन्तुष्टि पनि मिलेको छ ।” वैदेशिक रोजगारीमा कमाएको पैसाले मलेसिया जाँदा लागेको रु दुई लाख ऋण तिरेर उहाँले रु एक लाखले भूकम्पपछि भत्किएको घर मात्र बनाउनुभयो । उहाँ विसं २०७१ देखि २०७४ सम्म वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुभएको थियो । 

त्यहाँ दैनिक १२ घण्टा काम गरेर मुस्किलले रु ३० हजार कमाइ हुने आइतले अहिले आफ्नै घरबारीमा व्यावसायिक बाख्रापालन, कुखुरापालन र कागती खेतीले राम्रो आम्दानी गर्नुभएको छ । “विदेशभन्दा आफ्नै देशमा कृषिको सम्भावना देखेर यस क्षेत्रमा लागेको हुँ, वैदेशिक रोजगारमा रहँदा कमाएको पैसा बच्दैनथ्यो”, उहाँले भन्नुभयो, “व्यवसायमा लागेजस्तो सफलता पनि प्राप्त भइरहेको छ ।”

उहाँको कृषि फार्ममा बुबा, भाइ र बहिनीले समेत सघाउने गर्नुहुन्छ । पहिले स्थानीय बाख्रापालन गरेका आइतले अहिले बोयर जातका बाख्रा पाल्नुभएको छ । स्थानीय बाख्रा बढ्न समय लाग्ने भएकाले बोयर जातका बाख्रापालन गरेको उहाँले बताउनुभयो । शुरुमा ३० वटा बाख्रापालन गरेका उहाँका अहिले १०० बाख्रा छन् । बाख्रामा फाइदा भएपछि उहाँले सङ्ख्या बढाउनुभएको हो । ती बाख्रा आठदेखि १० महीनामा ४० किलोसम्म हुने गर्दछन् । 

“घरमा नै स्थानीय मानिस बाख्रा र कुखुरा खोज्न आउने गर्दछन्”, उहाँले भन्नुभया, “भनेको मूल्यमा मानिस ती बाख्रा र कुखुरा लैजाने गर्दछन्, बेच्नका लागि कुनै समस्या नै रहेको छैन ।” यसैगरी उहाँले ५०० कुखुरा पाल्नुभएको छ । घुम्न आउने मानिसले पनि स्थानीय कुखुराको मासु खोज्ने भएकाले कुखुरापालन गरेको उहाँले बताउनरभयो । प्रतिकेजी रु छ समयमा बिक्री हुने कुुखुरा चार महिनामा दुई किलो हुने गर्दछ । 

उहाँले कुखुराको माग बढेकाले थप कुखुरा बढाउने बताउनुभयो । उहाँले गाउँबाट स्थानीय कुखुराका अण्डा सङ्कलन गरेर काठमाडाँैमा ह्याचारीबाट चल्ला उत्पादन गर्नुहुन्छ । आफैँ भेटरिनरी प्राविधिक भएकाले बाख्रा र कुखुरामा लाग्ने विभिन्न रोगको उपचार उहाँ आफै गर्नुहुन्छ । आइतले ३५ दिने भेटरिनरी प्राविधिक तालीम लिनुभएको छ । 

यसैगरी आइतले बाख्रा र कुखुराका लागि आफैँ दाना तयार गर्नुहुन्छ । नपुगेको दानामात्र वजारबाट ल्याउनुहुन्छ । उहाँले गाउँघरबाट मकै, गहुँ, कोदोबाट दाना उत्पादन गर्नुहुन्छ । उहाँले विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै पौरखले स्वदेशमा नै कृषि व्यवसाय गर्दा फाइदा हुने बताउनुभयो । 

यसैगरी घर नजिकै सात रोपनी जग्गामा उहाँले कागतीखेती समेत शुरु गर्नुभएको छ । रामेछापबाट करीब २०० बोटबिरुवा ल्याएर डेढ वर्ष अघिमात्र कागती खेतीको शुरुआत गर्नुभएको हो । कागती तयार हुन अझै दुई वर्ष लाग्ने उहाँले बताउनुभयो । उहाँले एक बिरुवाको रु १५० तिरेर ल्याउनुभएको हो । कागतीखेतीभित्र उहाँले आलु, काउली, बन्दा र केराउको तरकारीखेतीसमेत लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा