२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्रिकामा व्यवसायका लागि प्रशस्त अवसर

२०७६, २८ जेष्ठ मंगलवार ०९:०२

 जेठ २८, आदिस अबाबा । अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ ।

रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर रहेको बताउनुभयो ।

विश्वव्यापी मामिलामा अफ्रिकाको आवाज एकै हुने गरेको र यो महादेश अझ बढी एकताबद्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो – लगानीकर्ता र व्यावसायिक साझेदारीका लागि यस्तो एकताले थप सहयोग गर्दछ ।

रुस–अफ्रिका संवादका क्रममा रुस र अफ्रिकी मुलुकहरुबीचको रणनीतिक साझेदारीलाई अझ विस्तृत तुल्याउने विषयमा छलफल भएको बताइएको छ । उक्त संवादमा अफ्रिकाका ५५ मुलुकको सहभागिता रहेको थियो ।

अफ्रिकी संवादका अवसरमा आयुक्त अबुजाइदले अन्तर्राष्ट्रिय कम्पनीहरुका उच्च व्यक्तित्वसँग अफ्रिकी महादेशभित्र क्षेत्रीय स्तरका ठूला परियोजनामा लगानीका अवसर बारेमा द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश