२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक : मन्त्री विष्ट

२०७६, ३० जेष्ठ बिहीबार १५:११

जेठ ३०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षीकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्दै उहाँले उहाँले भन्नुभयो, “सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि सहकार्य र साझेदारीमा हामी पूर्णतःविश्वास गर्दछौँ ।”

गन्तव्य मुलुकले आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री विष्टले नेपाली श्रमिकलाई पनि अन्य कामदारसरह समान व्यवहार गर्ने गरी द्विपक्षीय छलफल र सहकार्यको थालनी गर्न आग्रह गर्नुभयो । 

सम्मानित काम, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध नेपालको श्रम प्रशासनका प्रमुख विषय भएको उल्लेख गर्दै उहाँले श्रम, रोजगारी तथा सामाजिक सुरक्षालगायत नीतिगत विषयमा बहुआयामिक कानूनी सुधार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले श्रम प्रशासनको सन्दर्भमा कानूनी र नीतिगत सुधारका कार्य गरेको छ ।”

नेपाल सरकारले श्रम ऐनले व्यवस्था गरेको श्रमिकका अधिकारलाई सुनिश्चित गराउन सम्पूर्ण प्रतिष्ठानमा श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई शुरुआत गरिएको जानकारी गराउँदै मन्त्री विष्टले श्रम क्षेत्रमा भएको सुधारलाई कार्यान्वयन गराउन सबै पक्षको सहकार्यमा जोड दिइएको बताउनुभयो । 

उहाँले आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउँदै सबै नागरिकलाई काममा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “सम्मानजनक काम, श्रमिकको जीवनस्तर सुधारको लागि न्यूनतम ज्यालाको सुनिश्चितता गरी समयमै पारिश्रमिक भुक्तानीको व्यवस्था गरिएको छ ।”

श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “जुनसकै बालश्रम, बाध्यकारी श्रम, मानव तस्करी र दासताका सबै रुप गर्न नेपाल सरकार प्रतिबद्ध छ ।”

उहाँले नेपालको श्रम प्रशासन हालसम्म आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “शान्ति, सामानता र सामाजिक न्यायका लागि आइएलओले खेलेको भूमिका महत्वपूर्ण रहेको छ ।” उहाँले ‘उज्वल भविष्यको लागि काम’ नामक मानव केन्द्रित प्रतिवेदन तयार गरेकामा उच्च तहको प्रसंशासमेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश