२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई राजदूतावासले भन्यो, ‘कामदारहरुको न्यूनतम तलब घट्नेगरि कुनै सम्झौता नगर्नु’

२०७६, ५ असार बिहीबार ०७:४७

असार ५, काठमाडौं। साउदी अरवस्थित नेपाली राजदूतावासले कामदारहरु पठाउन म्यानपावर व्यवसायीहरुवीच अस्वस्थ प्रतिष्पर्धा नगर्न सचेत गराएको छ। दुतावासले व्यवसायीहरु वीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल सरकारको निर्णय अनुरुप सेवा शुल्क लागू भएका कम्पनीमा मात्र कामदार पठाउन आग्रह गरेको छ।

अदक्ष कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खाना सुविधाको साउदी रियाल ३०० हुनेगरी मात्र रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसंग सम्झौता गर्न दुतावासले व्यवसायीलाई अनुरोध गरेको छ । साथै नेपाली राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकुल हुनेगरी कुनैपनि सम्झौता नगरी संवेदनशील भई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न म्यानपावर व्यवसायीहरुलाई राजदूतावासले आग्रह गरेको छ ।

सरकारले २०७५ आश्विन १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरि रोजगारीको लागि साउदी अरवमा जाने नेपालीहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको थियो । जस अनुरुप सरकारले अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ। तर साउदी सरकारले भने न्युनतम ८०० बेसिक र खाना २०० साउदी रियाल रकम हुने निर्णय गरेको छ । 

दुई देशवीच फरक फरक तलब स्केल तोकिंदा कामदार नै समस्यामा पर्ने गरेको म्यानपावर व्यवसायी बताउने गर्दछन् । जसका कारण नै कामदारलाई दुई वटा करारपत्रमा हस्ताक्षर गराएर काममा लगाउने प्रवृति रहेको उनीहरुको भनाइ छ । रोजगारदाताले नेपाल सरकारले तोकेको तलब नदिने हुँदा दुतावासमा डिमाण्ड प्रमाणीकरण कै लागि कामदारको तलब धेरै देखाएर ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन्  तर यसबारे दुतावास नै जानकार हुँदा समेत कारवाही गर्न सक्ने अवस्था नरहेको एक व्यवसायीले बताए । साउदीमा नेपाल सरकारले निर्णय गरेको तलब लागू गराउन रोजगारदाता बाध्य नहुने म्यानपावर व्यवसायी बताउने गर्दछन् ।

तर नेपाल सरकारले निर्णय गरेको पारिश्रमिकको कार्यान्वयनका अवस्थाका सम्बन्धमा नियमित रुपमा स्थलगत भ्रमण, कामदार र कामदारका परिवार, कम्पनी मालिक, व्यवस्थापक, म्यानपावर व्यवसायी, नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका माध्यमबाट जानकारी लिने गरेको राजदूतावासले जनाएको छ । रोजगारीका लागि साउदी अरव जाने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । 

त्यस्तै साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुले आफ्ना प्रतिनिधी पठाउँदा वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउन दुतावासले अनुरोध गरेको छ । कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्न राजदूतावासले अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त