२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामै ५७ म्यानपावर बिरुद्ध ११० वटा उजुरी, कुन-कुन म्यानपावर अगाडी ?

५ असार २०७६, बिहीबार १३:४४

अनिल अधिकारी | असार ५, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत जेठ महिनामा मात्रै ११० उजुरी परेका छन् | उजुरीमा ५७ म्यानपावरहरुको नाम मुछिएका छन् |

सबैभन्दा बढी उजुरी पर्पल एच.आर. सर्भिस प्रा.लि. को नाममा छ | जेठमा मात्र उसको नाममा ३१ उजुरी परेका छन् | बैदेशिक रोजगार बिभागले उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरेर अनुसन्धान गरिरहेको छ | 

त्यस्तै उजुरीको दोश्रो नम्बरमा दृष्मा ओभरसिज छ, उसलाई ५ उजुरी परेको छ | बैदेशिक रोजगार बिभागले दृष्माको पनि सम्पूर्ण कारोवार रोकेको छ | 

त्यस्तै इगल ओभरसिज सामाखुसीको पनि बिभागल कारोवार रोक्का राखेको छ | उसलाई जेठ महिनामा मात्र ३ उजुरी परेको छ | 

बिभागको अनुसार यस अघिकै निर्णयले लाइसेन्सनै खोसिएको स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस बिरुद्ध जेठमा २ उजुरी परेका छन् |  

बिभागले जेठ महिनामा २ भन्दा बढी उजुरी परेर कारोवार रोक्का राखेका थप दुई म्यानपावरहरुमा भेरी ओभरसिज (गौशाला) लाई ३ उजुरी र डन इन्टरनेशनल ग्रुप (टोखा, काठमाडौँ) रहेका छन् | 

११ महिनामा १८१३ उजुरी, झन्डै ७४ करोडको मागदावी 

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षको ११ महिनासम्ममा संस्थागत र व्यक्तिगत गरि १८१३ उजुरी परेको छ | संस्थागत तर्फ १०९२ उजुरी परेको छ भने २४ करोड ६८ लाख ७० हजार ९२४ को माग दावी गरिएको छ | त्यस्तै व्यक्तिगत तर्फ कुल ७२१ उजुरी परेकोमा माग दावी भने ४९ करोड २८ लाख ४० हजार ६३४ रुपयाँ छ | यसरी हेर्दा संस्थागत भन्दा व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको क्रममा ठगिनेहरु बढी रहेको देखिन्छ | 

बिभागले पछिल्लो ११ महिनामा जम्मा ११ म्यानपावरमा अनुगमन गरेको छ | तयस्तै बैदेशिक रोजगारीको क्रममा समस्यामा परेका ५ जनाको उद्दार गरेको छ | बिभागको रेकर्ड अनुसार उजुरी गरि मागदावी गरेको मध्ये बिभिन्न म्यानपावरवाट ९ करोड १५ लाख ७४ हजार ७८४ रुपयाँ पिडितले फिर्ता पाएका छन् | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान