२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाउने भन्दै गुपचुप रुपमा चर्को अशुली: एकै जिल्लाका सयौं युवाहरु ठगिन सक्ने आशंका

२०७६, ६ आश्विन सोमबार १०:५१

अनिल अधिकारी । असोज ६, काठमाडौँ | भुटानी सरणार्थीको रुपमा बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ ।

म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै युवाहरुसँग अग्रिम रुपमै अशुली गरेको हुन सक्ने आशंका छ । उक्त कामको लागि युवाहरुले पहिलो चरणमा १० लाखसम्म रकम बुझाईसेकेको भन्ने सूचनाको आधारमा एक व्यक्तिसँग फोन सम्पर्क गर्दा उनले आफूसँग त्यत्रो रकम नभएको भन्दै आफूलाई अमेरिका पठाउने बिषयमा जानकारी नभएको बताए । ति व्यक्तिलाई सोधपुछका लागि भेट्न खोज्दा आफू व्यस्त भएको भन्दै ति व्यक्तिले सूचना दिन मानेनन् ।  

स्रोतका अनुसार ति व्यक्तिले अमेरिका जान पाउने आशामा १० लाख बुझाईसकेका छन् । म्याग्दी सहित आशपासका जिल्लाका युवाहरु उक्त गिरोहको चंगुलमा पर्न सक्ने सूचना स्रोतले दिएपछि मिडिया सहित सुरक्षा स्रोतको चासो बढेको छ । स्रोतले ठूलो ठगिको सिकारमा म्याग्दीका युवाहरु पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो । स्रोतले रेकर्ड गरेर मिडियालाई देखाएको भिडियोबाट अमेरिका पठाउने काममा उक्त गिरोह संलग्न छ भन्ने प्रमाणित हुँदाहुँदै सम्बन्धित युवाहरुलाई प्रभावमा पारेर गुपचुपमा पैसा अशुली भएको जानकारी प्राप्त भएको छ । 

गिरोहले युवाहरुलाई आफू अमेरिका जान लागेको कुरा कसैलाई नभन्नु नत्र जान पाइन्न भन्दै प्रभावमा पारेको कारण युवाहरु मौन बसेको हुनसक्ने स्रोतको दावी छ । यस बिषयमा भुटान सरणार्थीको व्यवस्थापन गरेको UNHCR लाई समेत जानकारी गराउँदा २०१६ देखि भुटानी सरणार्थीको रुपमा कसैलाई पनि अमेरिका नलगिएको जानकारी दिएको छ । स्रोतको जानकारी अनुसार गिरोहले ३०० भन्दा बढी युवाहरुलाई अमेरिका लैजाने भन्दै अशुली गरेको छ । गिरोहले नयाँ २५०० जनालाई अमेरिका पठाउन सकिने दावी गर्दै युवाहरुलाई आफू भुटानी सरणार्थी भएको तर बिभिन्न कारणले क्याम्प छाडेर अन्यत्र बसेको भन्न लगाई नाम र ठेगाना समेत छुट्टै भन्न सिकाएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारी अनुसार युवाहरुले अमेरिका जान पाउने आशामा आगामी डिसेम्बरसम्ममा ३० लाख रकम बुझाउन सक्ने देखिएको र ठूलो ठगिको सिकार बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

म्याग्दीका युवाहरु ठगिन सक्ने बिषयमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई जानकारी गराउँदा उनले म्याग्दीका युवाहरुलाई आधिकारिक रुपमा मात्र बैदेशिक रोजगारीमा जान आग्रह गरेका छन् । ढकालले अमेरिका मोहले आफ्नो बिल्लीबाठ उठ्न सक्ने भन्दै समयमै सचेत हुन आग्रह गरे । उनले कसैले अमेरिका वा कुनै पनि देश रोजगारीमा पठाउछु भनेर चर्को अशुली गरेको भए बैदेशिक रोजगार बिभाग वा प्रदेश स्थित बैदेशिक रोजगार श्रम कार्यालयमा सूचना दिन आग्रह गरे । 

को हुन् भुटानी सरणार्थी ?

सन् १९८८ मा भुटानमा जनगणना भएसँगै त्यहाँ नेपालीभाषीका दुःखका दिनको सुरु भयो । भुटानी शासकहरूले नेपाली भाषीहरूलाई रातारात लखेटे । सेना नै लगाएर नेपालीभाषी आफ्नै जनतालाई भुटानले लखेट्यो ।

सन् १९९० पछि लगातार दिनहुँजसो नेपालीभाषी भुटानीलाई नेपाल-भारत सीमाको मेची किनारमा ल्याएर छाडियो । पछि नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा उनीहरूलाई राख्यो ।

त्यो बेला झन्डै एक लाखको सङ्ख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो र पछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरले उनीहरूको व्यवस्थापनको जिम्मा लिएको थियो । अन्य विभिन्न दातृनिकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सघाएका थिए । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशहरूमा गरेर कुल एक लाख १३ हजार दुई सय भुटानी शरणार्थीलाई पुनर्स्थापित गरिएको छ। तीमध्ये सर्वाधिक सङ्ख्यामा अमेरिकामा छन्।

अहिले शिविरमा बाँकी भएका अधिकांश भुटानी शरणार्थीहरू अपाङ्गता भएका, अशक्त, एकल र असहाय व्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन