२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाउने भन्दै गुपचुप रुपमा चर्को अशुली: एकै जिल्लाका सयौं युवाहरु ठगिन सक्ने आशंका

६ आश्विन २०७६, सोमबार १०:५१

अनिल अधिकारी । असोज ६, काठमाडौँ | भुटानी सरणार्थीको रुपमा बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ ।

म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै युवाहरुसँग अग्रिम रुपमै अशुली गरेको हुन सक्ने आशंका छ । उक्त कामको लागि युवाहरुले पहिलो चरणमा १० लाखसम्म रकम बुझाईसेकेको भन्ने सूचनाको आधारमा एक व्यक्तिसँग फोन सम्पर्क गर्दा उनले आफूसँग त्यत्रो रकम नभएको भन्दै आफूलाई अमेरिका पठाउने बिषयमा जानकारी नभएको बताए । ति व्यक्तिलाई सोधपुछका लागि भेट्न खोज्दा आफू व्यस्त भएको भन्दै ति व्यक्तिले सूचना दिन मानेनन् ।  

स्रोतका अनुसार ति व्यक्तिले अमेरिका जान पाउने आशामा १० लाख बुझाईसकेका छन् । म्याग्दी सहित आशपासका जिल्लाका युवाहरु उक्त गिरोहको चंगुलमा पर्न सक्ने सूचना स्रोतले दिएपछि मिडिया सहित सुरक्षा स्रोतको चासो बढेको छ । स्रोतले ठूलो ठगिको सिकारमा म्याग्दीका युवाहरु पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो । स्रोतले रेकर्ड गरेर मिडियालाई देखाएको भिडियोबाट अमेरिका पठाउने काममा उक्त गिरोह संलग्न छ भन्ने प्रमाणित हुँदाहुँदै सम्बन्धित युवाहरुलाई प्रभावमा पारेर गुपचुपमा पैसा अशुली भएको जानकारी प्राप्त भएको छ । 

गिरोहले युवाहरुलाई आफू अमेरिका जान लागेको कुरा कसैलाई नभन्नु नत्र जान पाइन्न भन्दै प्रभावमा पारेको कारण युवाहरु मौन बसेको हुनसक्ने स्रोतको दावी छ । यस बिषयमा भुटान सरणार्थीको व्यवस्थापन गरेको UNHCR लाई समेत जानकारी गराउँदा २०१६ देखि भुटानी सरणार्थीको रुपमा कसैलाई पनि अमेरिका नलगिएको जानकारी दिएको छ । स्रोतको जानकारी अनुसार गिरोहले ३०० भन्दा बढी युवाहरुलाई अमेरिका लैजाने भन्दै अशुली गरेको छ । गिरोहले नयाँ २५०० जनालाई अमेरिका पठाउन सकिने दावी गर्दै युवाहरुलाई आफू भुटानी सरणार्थी भएको तर बिभिन्न कारणले क्याम्प छाडेर अन्यत्र बसेको भन्न लगाई नाम र ठेगाना समेत छुट्टै भन्न सिकाएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारी अनुसार युवाहरुले अमेरिका जान पाउने आशामा आगामी डिसेम्बरसम्ममा ३० लाख रकम बुझाउन सक्ने देखिएको र ठूलो ठगिको सिकार बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

म्याग्दीका युवाहरु ठगिन सक्ने बिषयमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई जानकारी गराउँदा उनले म्याग्दीका युवाहरुलाई आधिकारिक रुपमा मात्र बैदेशिक रोजगारीमा जान आग्रह गरेका छन् । ढकालले अमेरिका मोहले आफ्नो बिल्लीबाठ उठ्न सक्ने भन्दै समयमै सचेत हुन आग्रह गरे । उनले कसैले अमेरिका वा कुनै पनि देश रोजगारीमा पठाउछु भनेर चर्को अशुली गरेको भए बैदेशिक रोजगार बिभाग वा प्रदेश स्थित बैदेशिक रोजगार श्रम कार्यालयमा सूचना दिन आग्रह गरे । 

को हुन् भुटानी सरणार्थी ?

सन् १९८८ मा भुटानमा जनगणना भएसँगै त्यहाँ नेपालीभाषीका दुःखका दिनको सुरु भयो । भुटानी शासकहरूले नेपाली भाषीहरूलाई रातारात लखेटे । सेना नै लगाएर नेपालीभाषी आफ्नै जनतालाई भुटानले लखेट्यो ।

सन् १९९० पछि लगातार दिनहुँजसो नेपालीभाषी भुटानीलाई नेपाल-भारत सीमाको मेची किनारमा ल्याएर छाडियो । पछि नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा उनीहरूलाई राख्यो ।

त्यो बेला झन्डै एक लाखको सङ्ख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो र पछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरले उनीहरूको व्यवस्थापनको जिम्मा लिएको थियो । अन्य विभिन्न दातृनिकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सघाएका थिए । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशहरूमा गरेर कुल एक लाख १३ हजार दुई सय भुटानी शरणार्थीलाई पुनर्स्थापित गरिएको छ। तीमध्ये सर्वाधिक सङ्ख्यामा अमेरिकामा छन्।

अहिले शिविरमा बाँकी भएका अधिकांश भुटानी शरणार्थीहरू अपाङ्गता भएका, अशक्त, एकल र असहाय व्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार