२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने

२०७६, २८ आश्विन मंगलवार १६:००

असोज २८, काठमाडौँ । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्नुहुने भएको छ । बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उहाँले सम्बोधन गर्नुहुने श्रम मन्त्रालयले जनाएको छ । 

नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो । बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना हुनुहुन्छ ।

उक्त छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुनेछ । 

डायलगमा श्रमिक पठाउने देशहरु नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमा, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुने बताइएको छ ।

त्यस्तै श्रमिक लिने देश यूएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमन पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने