२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

५ माघ २०७७, सोमबार ०२:१०

माघ ५, काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष (आव)को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो ।

तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा   मिलन विश्वकर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य