२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार ९ देखि दुबई–काठमाण्डौ उडान, टिकट मूल्य कति ?

२०७८, ४ असार शुक्रबार १८:४८

असार ५, काठमाडौँ | नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो ।

युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन् । नेपालमा कोरोना महामारी बढेको कारण युएई सरकारले नेपाललाई युएई जान रोकेको कारण नेपालीहरु युएई जान नपाउने भएका हुन् । 

नेपाल एयरलाइन्सका अनुसार युएईबाट हुने उद्दार उडान असार ९ गते र असार १६ गतेको लागि तय भएको छ । उडान एकातर्फी भएकाले युएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । युएईबाट नेपाल आउनको लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । युएईबाट हुने उडान नियमित उडान नै हो तर एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ । युएईका ट्राभल एजेन्सीहरुले नेपाल आउनको लागि टिकट मूल्य १५०० दिराम देखि १८०० सम्म लिएको जानकारी प्राप्त भएको छ ।

युएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ । यसअघि नेपाल सरकारले युएई सहित मलेसिया, साउदी उडान गर्ने निर्णय गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त