२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी: अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागको कडा निर्देशन

२०७८, १३ असार आईतवार ०६:४६

असार १३, काठमाडौं । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिम सञ्चालन गर्ने विषयमा वैदेशिक रोजगार विभागले थप कडाइ गरेको छ । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो ।

अब तालिम प्रदायक संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा सञ्चालकको मोबाइल नम्बर अनिवार्य राख्नुपर्ने हुन्छ । यस्तै तालिम कक्षा सञ्चालन भइरहेको समयमा विभागबाट भिडियो कलमार्फत सम्पर्क हुन सक्ने गरी ईमो भाइबर वा ह्वाट्सअप नम्बर आईडी उपलब्ध गराउन निर्देशन दिएको छ ।

विभागको निर्देशन अनुसार अब विभागमा नाम दर्ता गरेका प्रशिक्षकहरुबाट मात्रै कक्षा सञ्चालन गर्नुपर्नेछ । यस्तै अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ ले तोकेको योग्यता पूरा गरेका प्रशिक्षकहरुको नाम, शैक्षिक योग्यता तथा तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि विभागमा पेश गर्न पनि निर्देशन दिएको छ ।

यस्तै प्रशिक्षार्थीहरुको प्रत्येक सत्रको बायोमेट्रिक हाजिरी सत्र समाप्तिपछि त्यही दिन एफईआईएमएसमा प्रविष्ट गरिसक्नुपर्नेछ । कार्यालय रहेको स्थान पहिचान हुनेगरी कार्यालयको स्पष्ट ‘लोकेशन म्याप’ उपलब्ध गराउनुपर्नेछ । 

विभागले तोकेका निर्देशनको पालना नगरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी