२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी: अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागको कडा निर्देशन

१३ असार २०७८, आईतवार ०६:४६

असार १३, काठमाडौं । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिम सञ्चालन गर्ने विषयमा वैदेशिक रोजगार विभागले थप कडाइ गरेको छ । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो ।

अब तालिम प्रदायक संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा सञ्चालकको मोबाइल नम्बर अनिवार्य राख्नुपर्ने हुन्छ । यस्तै तालिम कक्षा सञ्चालन भइरहेको समयमा विभागबाट भिडियो कलमार्फत सम्पर्क हुन सक्ने गरी ईमो भाइबर वा ह्वाट्सअप नम्बर आईडी उपलब्ध गराउन निर्देशन दिएको छ ।

विभागको निर्देशन अनुसार अब विभागमा नाम दर्ता गरेका प्रशिक्षकहरुबाट मात्रै कक्षा सञ्चालन गर्नुपर्नेछ । यस्तै अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ ले तोकेको योग्यता पूरा गरेका प्रशिक्षकहरुको नाम, शैक्षिक योग्यता तथा तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि विभागमा पेश गर्न पनि निर्देशन दिएको छ ।

यस्तै प्रशिक्षार्थीहरुको प्रत्येक सत्रको बायोमेट्रिक हाजिरी सत्र समाप्तिपछि त्यही दिन एफईआईएमएसमा प्रविष्ट गरिसक्नुपर्नेछ । कार्यालय रहेको स्थान पहिचान हुनेगरी कार्यालयको स्पष्ट ‘लोकेशन म्याप’ उपलब्ध गराउनुपर्नेछ । 

विभागले तोकेका निर्देशनको पालना नगरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो