२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिने निर्णय भएको हो ? के भन्छ मन्त्रालय ?

२०७८, ३१ असार बिहीबार ०४:१४

अनिल अधिकारी | असार ३१, काठमाडौँ | विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउनको लागि सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयलाई पत्राचार भएको हो ।

वैदेशिक रोजगारमा जाने युवाहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन आवश्यक देखिएकोले आवश्यक पत्राचार भएको मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले साझा सबाल मिडियालाई जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सोमबार अमेरिकाबाट आएको १५ लाख भन्दा बढी डोज जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ बर्षसम्मका, पूर्ण तथा अति आशाक्त (वर्ग क र ख) अपांगता भएकाहरु तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलाई मात्र दिने निर्णय भएको थियो । 


यसै सम्बन्धमा केहि मिडियामा बिहिबार बिहानै 'वैदेशिक रोजगारमा जाने कामदारलाई जोन्सन एण्ड जोन्सनको खोप दिने' भन्दै समाचार आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस सम्बन्धमा निर्णय गरिसकेको छैन । मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले वैदेशिक रोजगारमा जानेहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन सम्भव नभएकोले नै भेरोसेलको खोप दिने निर्णय भएको बताए । जोनसनको तुलनामा भेरोसेल खोप लामोसमयसम्म स्टोर गरेर राख्न सकिने र भेरोसेल खोपको नियमित डोजहरु पाउन सक्ने भएकोले स्वास्थ्य मन्त्रालयले यस अघिको निर्णय गरेको पोखरेलले बताए ।

नेपाली कामदारहरु जाने गन्तव्य देशहरुमा सरकारले पहल गरेर भेरोसेल खोपलाई पनि मान्यता दिन पहल हुनुपर्ने डा. पोखरेलको धारणा छ । उनले भने 'वैदेशिक रोजगार नियमित चलिरहन्छ तर जोनसन एण्ड जोनसन खोप निश्चित समयसम्म मात्र स्टोर गर्न सकिने र अरु डोजहरु आउने/नआउने निश्चित छैन ।' तत्कालको लागि यो खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिन सम्भव नदेखिएको पोखरेलले बताए । पोखरेलका अनुसार सरकारले नियमित रुपमा जोनसन एण्ड जोनसन खोप निर्यात गर्न सक्ने हो भने मात्र वैदेशिक रोजगारमा जानेहरुलाई यही खोप दिन सकिने बताए । तत्कालको लागि निश्चित डोज जोनसनकै खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिनको लागि नयाँ सरकारले थप निर्णय गरेमा दिन सकिने पोखरेलको भनाई छ । 

गत सोमबार वैदेशिक रोजगारमा जानेहरुलाई चीनबाट आएको भेरोसेल खोप दिने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो । तर त्यसको औचित्यमा प्रश्न उठाईएको छ । दिने भनिएको भेरोसेल खोप सबै गन्तब्य मुलुकमा स्वीकृति नभएको तथा डोज पुरा गरेर वैदेशिक रोजगारमा जान समेत सहज नहुने भन्दै आलोचना भईरहेको छ । यस सम्बन्धमा बिभिन्न मिडिया, सामाजिक संजाल तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले समेत आवाज उठाएका छन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको छ । यसै सम्बन्धमा गत सोमबारनै साझा सबाल मिडियासँगको अन्तर्वार्तामा वैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जोनसन एण्ड जोनसनकै खोप दिन श्रम मन्त्रालय मार्फत पहल भएको बताएका थिए । 

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको श्रम गन्तव्यमध्ये कतारले जुनसुकै खोपलाई स्वीकृति गर्न सक्ने भएपछि अन्य देशहरु यूएई, बहराइन, साउदी, कुवेत लगायतले निश्चित खोपलाई मात्र मान्यता दिने जनाएका छन् ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुले सरकारले दिने खोप लगाउनको लागि श्रम स्वीकृत लिएको निस्सा र राहदानीसहित तोकिएको खोप केन्द्र जानुपर्ने मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगार सम्बन्धि पछिल्लो भिडियो हेर्नुहोस्, यसमा बिभिन्न विषयको जानकारी पाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु