२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले ३२ हजार विदेशी कामदार लैजाने

३ आश्विन २०७८, आईतवार ०३:१८

असोज ३, काठमाडौँ | मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदार लिन स्वीकृति नदिएको अवस्थाकै वीच ३२ हजार विदेशी कामदार लिने निर्णय भएको छ । 

मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनका अनुसार प्लान्टेशन क्षेत्रमा कामदार अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी कामदार लिन विशेष स्वीकृति मलेसिया सरकारले दिने निर्णय गरेको बताएका छन् ।

मलेसियाको प्रमुख अनलाइन मध्ये एक द स्टारमा अपडेट भएको समाचार अनुसार विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन घाटा भैइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने निर्णय सरकारले गरेको जनाएको छ । 

मलेसियाको मानव संशाधन मन्त्रालयले ३२ हजार बिदेशी कामदार भित्र्याउनको लागि तयारी स्वरूप क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र समेत स्थापना गर्ने जानकारी दिएका छन् । 

यसैबीच मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (ACCCIM) ले प्लान्टेसन क्षेत्रमा श्रमिकको अभाव कम गर्न मलेसिया सरकारले ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

ACCCIM ले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले पाम तेल उद्योग लगायत प्लान्टेसन क्षेत्रलाई राहत प्रदान हुने र श्रमिकहरुको अभावको कारण फसल काट्ने सिजनमा राहत मिल्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो