२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले ३२ हजार विदेशी कामदार लैजाने

२०७८, ३ आश्विन आईतवार ०३:१८

असोज ३, काठमाडौँ | मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदार लिन स्वीकृति नदिएको अवस्थाकै वीच ३२ हजार विदेशी कामदार लिने निर्णय भएको छ । 

मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनका अनुसार प्लान्टेशन क्षेत्रमा कामदार अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी कामदार लिन विशेष स्वीकृति मलेसिया सरकारले दिने निर्णय गरेको बताएका छन् ।

मलेसियाको प्रमुख अनलाइन मध्ये एक द स्टारमा अपडेट भएको समाचार अनुसार विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन घाटा भैइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने निर्णय सरकारले गरेको जनाएको छ । 

मलेसियाको मानव संशाधन मन्त्रालयले ३२ हजार बिदेशी कामदार भित्र्याउनको लागि तयारी स्वरूप क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र समेत स्थापना गर्ने जानकारी दिएका छन् । 

यसैबीच मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (ACCCIM) ले प्लान्टेसन क्षेत्रमा श्रमिकको अभाव कम गर्न मलेसिया सरकारले ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

ACCCIM ले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले पाम तेल उद्योग लगायत प्लान्टेसन क्षेत्रलाई राहत प्रदान हुने र श्रमिकहरुको अभावको कारण फसल काट्ने सिजनमा राहत मिल्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि