५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ

१४ मंसिर २०७८, मंगलवार ०८:१५

मंसिर १४, अबुधाबी, एजेन्सी | युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले  रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए । 

अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ । ‘५० वर्षपछि मैले  विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबइको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन् । दुबइ स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो । अधिका‍ंश घरहरु माटो र इट्टाले बनेका  थिए । तर,  अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्येपूर्वकै शक्तिशाली देश साबित भएको छ । 

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ । 

‘बर्षैंअघि मानिसहरुले खजुरको हाँगा माटो र ईटाबाट घर बनाउथे । तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन् । 

‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा  विश्वास गर्थे । दुबई महासंघ बनाउन उनले सात ‍अ‍ोटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रुपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन् । विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबइमा उत्पादन हुन्छ । 

सन् १९७० देखि तेल र ग्यासका कारण दुबइको तीव्र अ‌ार्थिक बृद्धि भइरहेको छ । दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरुका लागि मुख्य गन्तव्य बनेको छ । 

सन् २०११ को अरब क्रान्तिपछि दुबइले अ‍ाफ्नो  विदेश नीति परिमार्जन गरेको छ । उसले मध्येपूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यथता गरिरहेको छ । द्धन्द्धका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन् । 

‘छिमेकी मुलुकहरुमा भइरहेका जोखिमको दुबइले नजिकबाट  मुल्या‌ंकन गरिरहेको छ,’ फाकहरो भन्छन् । स्वतन्त्रपछि दुबइ सापेक्षरुपमा तटस्थ थियो । तर, अरब क्रान्तिपछि उसले सक्रीय विदेश नीति अं‍गिकार गरेको छ ।  दुबइ मुस्लिम राजनीतिको प्रखर विरोधी हो । दशकौं लामो अरब राष्ट्रहरुसँग गरेको सहमतिलाइ उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाइ मान्यता दिने एतिहासिक  नि‌‌र्णय गरेको थियो । 

‘क्षेत्रीय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जबाफदेही हुन अ‌ावश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता