२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा

२०७८, १६ मंसिर बिहीबार ०६:५९

मंसिर १६, काठमाडौं | ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा  परेको छ ।  कोरोना भाइसर (कोभिड–१९) को कारणले करिब दुई वर्ष थला परेका वैदेशिक रोजगार व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि पुनः तनावमा देखिन थालेका छन् । 

ओमिक्रोनको भेरियन्टबाट आफ्ना नागरिकलाई बचाउन उच्च सुरक्षा सतर्कता अवलम्बन गरे पनि नेपाली कामदार जाने प्रमुख देशहरूका बुधबारसम्म यात्रामा कुनै अवरोध देखिएको छैन ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएपछि संक्रमित नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको बताएको छ । साउदी अरेबियाले दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, लेसोथो र इस्वाटिनी जाने र आउने उडानहरू स्थगित गरेको बताएको छ । 

साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै सावधानीका तथा रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदण्डहरु कडाइसाथ पालना गर्न सबैलाई अनुरोध गरेको छ । नेपालमा ओमिक्रोन हालसम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गर्दै अफ्रिकी देशहरूबाट आउने उडानका यात्रुहरूलाई १० दिन क्वारेन्टाइन बस्न भनिएको छ । 

सानो संख्यामा भएपनि नेपाली कामदार जाने जापानले नयाँ भेरियन्टका कारणले  मंगलबारदेखि विदेशीहरूलाई आफ्नोे देश प्रवेशमा रोक लगाएको बताएको छ । अष्ट्रेलियाले न्यूजील्याण्ड र सिंगापुरबाहेक सबै देशका नागरिकहरूका लागि डिसेम्बर १५ सम्म सिमाना बन्द गरेको छ । साथै अष्ट्रेलियन नागरिक र अष्ट्रेलियन पिआर भएकाहरूका लागि ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र घर वा होटलमा आइसोलेसनमा बस्नका लागि नयाँ नियम बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश