२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा युएई जाने क्रम रोकिएन, अलपत्र परेकालाई उद्वार गर्न पीडितहरुको माग

२०७८, १७ मंसिर शुक्रबार १०:३६

मंसिर १७, काठमाडौं | भिजिट भिसामा गएर आकर्षक तलब सुविधासहितको रोजगारी पाउने प्रलोभनमा युएई पु¥याइएका नेपाली युवाहरूको ठूलो संख्या अलपत्र परेका छन् ।

खासगरी दुबई एक्सोमा सुरक्षागार्डमा राम्रो तलब पाउने भन्दै लगिएका युवाहरू अलपत्र पर्ने क्रम दैनिकरूपमा बढी रहेको बताइएको छ । आकर्षक रोजगारी खोजीदिने भन्दै वैदेशिक रोजगार ऐनले तोकेको प्रक्रिया पूरा नगरी भ्रमणका लागि जारी हुने ‘भिजिट भिसा’मा लैजाने क्रम पहिलेदेखि रहेपनि पछिल्ला दिनमा दुबई एक्स्पोमा सुरक्षागार्डको राम्रो तलब पाइन्छ भन्दै आश्वासन दिएर युएई पठाउने क्रम ह्वात्तै बढेको युएईस्थित नेपाली दुतावास स्रोतले बताएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले भिजिट भिसामा जानेहरुलाई निरूत्साहित गर्नुपर्ने पटक–पटक बताएपनि व्यवहारमा भिजिट भिसामा जानेक्रम नरोकिएको युएईबाट मध्यान्हलाई प्राप्त एक भिडियोमा देखिएको छ । भिडियोमा नेपालका रस्तमा राईले टाईगर म्यानपावरमार्फत पठाएको  बताउने बाराका युवाहरूले युएई पुगेपछि नेपालबाटै गएका एजेन्टले आफुहरूसँग रहेको डलर पनि दबाबदिई जबरजस्ती लिएर नेपाल फर्किएको र आफुहरूलाई अलपत्र पारेको बताए । 

एजेन्टले पाकिस्तानीलाई दिएका राहदानी स्थानीय प्रहरीको सहयोगमा फिर्ता लिन सकेपनि घर फर्किने टिकट नभएको उनीहरूको भनाइ छ । हाल उनीहरू सहयोगीहरूले दिएको आधा पेट खाएर सडक र खुला आकाशमा दिन कटाइरहेका छन् । अलपत्र परेका युवाहरूले दलालको भरमा परेर भिजिट भिसामा युएई नआउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश