४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन भेरियन्टका कारण मलेसियाबाट ३४ नेपाली फिर्ता, अन्यत्र पनि उच्च जोखिम

१९ मंसिर २०७८, आईतवार ०६:२०

मंसिर १९, काठमाडौं | नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४ जना  नेपाल फर्किएको र २ जना मलेसियास्थित नेपाली दूतावासको पहलमा जापान जान पाएका छन् । 

नेपाल फर्काइएकाहरु हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सबाट काठमाडौं आइपुग्ने श्रम सहचारी प्रकाश पन्थीले बताए । मलेसियास्थित नेपाली दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइनमा सम्पर्क गर्न आग्रह गरेकोे छ । 

दक्षिण अफ्रिका हुँदै कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फैलँदै गएको छ । हालसम्म नेपाली कामदार कार्यरत मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरुमा नयाँ भेरियन्टको संक्रमित फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ । मलेसियाले २६ मुलुक र यूएईले ७ वटा देशबाट आउन बन्देज लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’