४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारका विषयमा प्रहरीलाई जानकारी

३० पुष २०७८, शुक्रबार १०:०८

पुस ३०, विराटनगर | सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा रहेर  गरिबी निवारणमा मद्दत पुगेको कार्यक्रममा जानकारी दिइएको थियो  । 

देशमा युवा जनशक्तिको बढ्दो आकार, आन्तरिक रोजगारी न्यून, परम्परागत जीवनयापनमा कम रुचि, ऋणको भार बृद्धि, सामाजिक दबाब, घरेलु हिंसा एवं पारिवारिक बेमेल, देशको अस्थिरता, विदेशमा बढ्दो रोजगारीको अवसर तथा पारिश्रमिकमा अन्तर, अन्तर्राष्ट्रिय बजारमा नेपाली कामदारको माग र सूचना तथा जानकारीको सहजताले नेपाली युवा बर्सेनि विदेशिने गरेकोजस्ता विषयमा पनि चर्चा गरिएको थियो ।

प्रतिवर्ष चार लाख ५० हजारको सङ्ख्यामा विदेशिने युवा गएको मङ्सिर महिनामा पाँच हजार २२४ विदेशिएका थिए । वैदेशिक रोजगारीमा जाने युवा कुनै पनि कारणले ठगीमा परेको उजुरी परेमा पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि  प्रहरी अधिकृतलाई थप ज्ञान दिलाउनु र  सजग गराउनु कार्यक्रमको उद्देश्य रहेको परियोजनाका जिल्ला संयोजक देवेन्द्र चौधरीले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका’ तथा प्रहरी उपरीक्षक जनार्दन जिसीले ‘वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वैदेशिक रोजगारीकै लागि जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार ८०५ जनाले राहदानी बनाएकामा पुरुष तीन हजार २९०, महिला एक हजार ४४४ र नाबालक ७१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ