२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका नेपालीले पनि विद्युतीय राहदानी पाउदै, पहिलो दिनमै ३३ जनाले सेवा पाए

२०७८, २९ माघ शनिबार १४:४८

माघ २९, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावसले जनाएको छ । 

मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका सरकारको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरेर बुधबारदेखि कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ । राहदानी विभागबाट चौधरीको राहदानी प्रिन्ट गरेर सफलतासाथ परीक्षण गरिएको थियो । 

दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो । एक साता सीमित सेवाग्राहीलाई अनलाइन ‘बुकिङ’का आधारमा सेवा प्रदान गर्ने र सोपश्चात नियमितरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी सुरुआत कार्यक्रममा नेपालबाट ‘भर्चुअल’ माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले सेवाग्राहीको चापलाई सहजरूपमा व्यवस्थापन हुने गरी सेवा प्रवाह केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रवाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ । यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको लाइभ इनरोलमेन्टको सुरुआत गरेको थियो ।

मागपत्र प्रमाणीकरण सुरु

कोरोना सङ्क्रमण ओरालो लाग्दै गरेपछि दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी सेवा सुरु गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेशपश्चात दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेको थियो ।

मागपत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मङ्गलबार, बुधबार र बिहीबार हुने दूतवासले जनाएको छ । मागपत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ । मागपत्रसम्बन्धी कागजात पेश गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेश गर्ने समय लिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता