२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारसँग कुनै लागत शुल्क नलिने (भिडियो सहित)

२२ असार २०७९, बुधबार ०६:३५

असार २२, काठमाडौँ । काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारहरुसँग कुनै लागत शुल्क नलिने दावी गरेका छन् । मंगलबार हायात रिजेन्सी होटलमा पत्रकार सम्मेलननै गरेर म्यानपावरहरुले आफूहरुले निशुल्क कामदार पठाउने दावी गरेका हुन् ।


काठमाडौँ स्थित लाल धनुष इन्टरनेशनल सर्भिस प्रालि र आकर्षण इन्टरनेशनल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा ति दुई म्यानपावर कम्पनीहरुले मलेसिया स्थित विष्ट्रोन टेक्नोलोजीसँग पहिलो चरणमा ४५० जना स्किल्ड वर्कर निशुल्क लागतमा पठाउने गरि आपसी समझदारी पत्रमा समेत हस्ताक्षर गरेका छन् । विष्ट्रोन टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनीका चीन, मलेसिया, सिंगापुर, ताइवान, मेक्सिको, चेक गणतन्त्र, फिलिपिन्स र भारतमा पनि शाखाहरु रहेका छन् । यी बिभिन्न देशमा ८० हजार कामदारहरुले काम गर्दै आएका छन् । 


नेपाली कामदार लैजाने सम्झौता पत्रमा मलेसिया स्थित कम्पनीका जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार पहिलो चरणमा ३१५ महिला र १३५ पुरुष कामदार लैजाने सहमति भएको छ । उक्त सहमति अनुसार बिहिबार र शुक्रबार म्यानपावरमै अन्तर्वार्ता समेत हुने जानकारी दिईएको छ । विदेश जाने कामदारहरुको जानकारीको लागि दुवै म्यानपावरहरुले यस अघिनै बिज्ञापन सार्वजनिक गरिसकेका छन् । 

सम्झौता अनुसार छनौट भएका नेपाली कामदारहरुको सम्पूर्ण लागत खर्च कम्पनीलेनै व्यहोर्ने र मलेसियाकै कामदार सरह तलब तथा सेवासुविधा दिने कम्पनीका डेपुटी जनरल म्यानेजर डेभिडले पत्रकार सम्मेलनको क्रममा जानकारी दिए । म्यानेजर डेभिडले आफ्नो कम्पनीमा कसैलाई भेदभाव नहुने बताए । 

साथै कम्पनीले नेपाली कामदारलाई सरकारले तोकेको न्युनतम तलबकै आधारमा बेसिक तलब १५ सय, मासिक एक सयदेखि ५ सयसम्म बोनस, ओभरटाइम काम गरे बापत कम्तिमा ७३१ रिंगेट र खानाको लागि ५० देखि १०० रिंगेटसम्म दिने जनाएको छ । कम्पनिका जनरल म्यानेजर डेभिडका अनुसार यो रोजगारमा जानेहरुले कम्तिमा २४२१ रिंगेट देखि ३२२३ रिंगेट कमाइ गर्नेछन् । 


पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका म्यानेजर डेभिडले आफ्नो कम्पनीमा कम गर्ने कामदारहरुले पैसा मात्र कमाउने नभई भविष्यमा सिप सिकेर नेपालकै लागि पनि योगदान दिन सक्ने बताए । उनले नेपालीहरुको अंग्रेजी भाषा बोल्ने क्षमता राम्रो भएको र मलेसियाको भाषा समेत अरुको तुलनामा छिटो सिक्ने क्षमता भएको कारण आफ्नो रोजाईमा नेपालीहरु परेको बताए । 

त्यस्तै कार्यक्रममा आकर्षण इन्टरनेशनल र लाल धनुष इन्टरनेशनलका संचालकहरुले आफूहरुले वैदेशिक रोजगार क्षेत्रमा न्यायोचित भर्ना प्रक्रियाको सुरुवात गरेको बताए । उनीहरुले आफ्नो म्यानपावरमा बिचौलियालाई प्रवेशमा रोक लगाएको बताएका छन् । कार्यक्रममा बोल्दै आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसीले ठूलो संख्यामा कामदारहरु अन्तर्वार्ताको लागि म्यानपावरमा आउने गरेकोले व्यवस्थापनमा चुनौती भएको जनाएका छन् । 

त्यस्तै श्रम प्रशासन विज्ञसमेत रहेका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विस्ट्रोनको अभ्यासले शून्य लागत कार्यान्वयन गर्न ठूलो सहयोग मिल्ने बताए । विस्ट्रोनले नेपालमै आएर म्यानपावरसँग सम्झौता गर्नुले शून्य लागतको नीतिलाई कार्यान्वयन गर्न ठूलो मनोबल पुग्ने भट्टराईको भनाई छ । 

डिमाण्ड हेर्नुहोस् CLICK HERE

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य