२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान शुन्य लागत भन्दै चर्को अशुल्ने कार्य बन्द नभएमा झनै समस्या आउन सक्छ – राजदुत

२०७९, २६ असार आईतवार ०४:३९

असार २६, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसिया रोजगारी संभावना र चुनौती लगाएत मलेसियामा भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतिबहादुर श्रीष,एनआरएनए आईसिसिका सचिव खगेन्द्र न्यौपाने ,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, दूतावासका अधिकारी, मलेसियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी, नेपालबाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियाे।


उक्त छलफलमा नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदुत मोती बहादुर श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा समेत जानकारी गराएका थिए । 

अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए । कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले कोरोनाकाल पछि मात्र विविध डिमाण्डमार्फत ८० हजार भन्दा धेरै नेपाली कामदारको मागपत्र निस्केको बताए ।

कार्यक्रममा कार्यबाहक राजदूत  श्रीषले मलेसिया सरकार र नेपाल सरकारबीच फ्रि भिषा फ्रि टिकटमा कामदार ल्याउने सहमति भएको भन्दै मलेसिया आउने कामदारलाई रकम नतिर्न समेत आग्रह गरे। राेजगारीमा आउँदा आत्तिएर बढी रकम नतिर्न समेत उनले आग्रह गरे ।

त्यसैगरी उनले मेनपावर कम्पनीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार मारमा परेको पनि बताए ।

'दुई देशबीच शून्य लागतमा कामदार ल्याउने सहमति भएको छ तर यहाँ मेनपावरहरुका कारण त्यो कार्यान्वन हुन सकेको छैन । राजदूतावासमा डिमाण्ड प्रमाणीकरण गर्न आउँदा जिरो कस्ट भनिन्छ बाहिर गएर कामदारको ढाड सेक्ने काम भइरहेको रहेछ, यो कार्य बन्द नभएमा भोलिका दिनमा झनै समस्या आउन सक्छ,' राजदूत श्रीषले भने।

त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ आईसिसिका सचिव खगेन्द्र न्यौपानेले पनि दुई सरकारबीच भएका सम्झौता कार्यन्वयनमा व्यवसायीले सहयोग गर्नु पर्ने बताए।

'सुरुवात आफैंबाट गर्नुपर्छ। जिरो कस्टमा मेनपावरलाई यहाँ ल्याउने भनिए पनि केही व्यावसायीका कारण त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन। हामी सबै मिलेर यसका कार्यान्वयनमा ल्याउनु पर्छ,' उनले भने। न्यौपानेले मलेसियामा रहेका सबै संघ सँस्था र दूतावासको सहकार्यमा यहाँ देखिएका समस्या समाधान गर्न सकिने बताए ।


पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको अवस्थामा नेपालवाट विभिन्न संचारमाध्यमका प्रतिनिधि आएको मौकामा  उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । थापाले कार्यक्रममा मलेसियामा कोही नेपालीलाई कुनै समस्या परेमा एनआरएनए मलेसियालाई सम्झन आग्रह गरे।

कार्यक्रममा  थापाले मलेसियामा भएका समस्या समाधानका लागि एनआरएनए मलेसिया लागिपरेको बताए। कार्यक्रममा बोल्दै थापाले भने,'मलेसियामा रोजगारका धेरै अवसर पनि छन चुनौती पनिछन्, त्यसलाई हामी सबै मिलेर अघि बढ्नुपर्छ।'

कार्यक्रम सफलतापूर्वक संपन्न भएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए। उनले मलेसियाको रोजगारी, संभावना र चुनौती विषयक अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेकाे बताए ।


कार्यक्रममा एनआरएनए आईसिसि सदस्य नेत्र केसी,एनआरएनए मलेसियाका पुर्व अध्यक्ष विश्व राई,नेपाली जनप्रगतिशिल मंच मलेसियाका अध्यक्ष प्रेम पान्डे,परोपकारी तथा बद्दीजीवी संगठन मलेसियाका अध्यक्ष शंकर प्रसाद आचार्य,पिएनसिसि मलेसियाका प्रमुख,एनआरएनए मलेसियाका बरिस्ठ उपाध्यक्ष इन्द्र लिम्बु,उपाध्यक्ष दिल केरूंगलगाएत विविध संघ सँस्थाका पदाधिकारीले अन्तर्कृयामा मलेसियाको रोजगारीका संभावना र चुनौतिका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नेपालबाट आएका बिभिन्न संचारमाध्यमका पत्रकारहरु जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, ब्रेकलिंक्सका पत्रकार डिल्ली पान्डे, प्रदेश अनलाईनखबर र एसियन खबरका पत्रकार शेखर लामा, रोजगारमंचका पत्रकार फडिन्द्र दाहाललगाएतकाे पनि उपस्थिति रहेकाे थियाे । उनिहरुको विविध जिज्ञासाको नेपाली दुतावासका कार्यवाहक राजदुत श्रीष,एनआरएनए एनसिसि मलेसियाका अध्यक्ष थापाले प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता