२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा बेथिति बढेपछि श्रम मन्त्रालयद्वारा निकाल्यो बिज्ञप्ति सहितको अपिल

२०७९, १२ श्रावण बिहीबार १४:३०

साउन १२, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रचलित वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम भईरहेकोमा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा मन्त्रालयले ऐन बिपरित काम गर्नेहरु बिरुद्ध उजुरी दिन अपिल समेत गरेको छ । 

मन्त्रालयले केहि दिन यता श्रम स्वीकृति लिनेहरुको संख्या बढ्दै गएको जनाएको छ । बिभागले बिज्ञप्तिमा अगाडी उल्लेख गरेको छ 'हालैका केही दिनयता नेपाली नागरिकहरुलाई प्राप्त हुने वैदेशिक रोजगारीको संख्या बढिरहेको सन्दर्भमा श्रम स्वीकृतिको लागि आवेदन गर्नेहरुको संख्यामा समेत वृद्धि हुँदै गइरहेको छ । प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मुलतः शून्य लागत (Zero Cost)को नीति अनुसरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रक लिइएको, अस्वाभाविक पैसा असुतेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्य रुपमा भागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखिकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको असान्दर्भिक नाम दर्ता गराएको लगायतका उजुरीहरु मन्त्रालयमा रहेको कल सेन्टरमा दिनहुँ प्राप्त भएको हुँदा उल्लिखित विकृतिहरुका सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गैरकानूनी एवम् अमर्यादित कृपाकलापहरुको न्यूनिकरण गर्न 'मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमनतर अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका उन्तिखित अनियमितता एवम् गैरकानूनी कृयाकलापहरु तुरुन्त नरोकेमा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही हुने उपहो सम्बद्ध सबैमा जानकारी गराइन्छ ।' 

मन्त्रालयले वैदेशिक रोजगारीको सन्दर्भमा ठगीमा परेका, बडी पैसा दिन बाध्य पारिएका अलपत्र परेका पीडितहरुलाई मन्त्रालयमा रहेको कल सेन्टर ११४ र १६६००१५०००५ तथा फेसबुक facebook.com/mo/calicenter तथा वैदेशिक रोजगार विभागको ०१-४७९२६४८ मा सम्पर्क गरी आफ्नो समस्या टिपाउनु अनुरोध गरेको छ । मन्त्रालयका अनुसार बिभिन्न जिल्लाबाट पीडितहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा लिखित वा मौखिक उजुरी दिन अपिल गरेको छ । 

यस्तो छ मन्त्रालयको बिज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण