१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा बेथिति बढेपछि श्रम मन्त्रालयद्वारा निकाल्यो बिज्ञप्ति सहितको अपिल

१२ श्रावण २०७९, बिहीबार १४:३०

साउन १२, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रचलित वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम भईरहेकोमा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा मन्त्रालयले ऐन बिपरित काम गर्नेहरु बिरुद्ध उजुरी दिन अपिल समेत गरेको छ । 

मन्त्रालयले केहि दिन यता श्रम स्वीकृति लिनेहरुको संख्या बढ्दै गएको जनाएको छ । बिभागले बिज्ञप्तिमा अगाडी उल्लेख गरेको छ 'हालैका केही दिनयता नेपाली नागरिकहरुलाई प्राप्त हुने वैदेशिक रोजगारीको संख्या बढिरहेको सन्दर्भमा श्रम स्वीकृतिको लागि आवेदन गर्नेहरुको संख्यामा समेत वृद्धि हुँदै गइरहेको छ । प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मुलतः शून्य लागत (Zero Cost)को नीति अनुसरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रक लिइएको, अस्वाभाविक पैसा असुतेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्य रुपमा भागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखिकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको असान्दर्भिक नाम दर्ता गराएको लगायतका उजुरीहरु मन्त्रालयमा रहेको कल सेन्टरमा दिनहुँ प्राप्त भएको हुँदा उल्लिखित विकृतिहरुका सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गैरकानूनी एवम् अमर्यादित कृपाकलापहरुको न्यूनिकरण गर्न 'मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमनतर अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका उन्तिखित अनियमितता एवम् गैरकानूनी कृयाकलापहरु तुरुन्त नरोकेमा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही हुने उपहो सम्बद्ध सबैमा जानकारी गराइन्छ ।' 

मन्त्रालयले वैदेशिक रोजगारीको सन्दर्भमा ठगीमा परेका, बडी पैसा दिन बाध्य पारिएका अलपत्र परेका पीडितहरुलाई मन्त्रालयमा रहेको कल सेन्टर ११४ र १६६००१५०००५ तथा फेसबुक facebook.com/mo/calicenter तथा वैदेशिक रोजगार विभागको ०१-४७९२६४८ मा सम्पर्क गरी आफ्नो समस्या टिपाउनु अनुरोध गरेको छ । मन्त्रालयका अनुसार बिभिन्न जिल्लाबाट पीडितहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा लिखित वा मौखिक उजुरी दिन अपिल गरेको छ । 

यस्तो छ मन्त्रालयको बिज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण