२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरुले आज बिभाग घेर्ने ! बिज्ञापन छापेर कोटानै छैन भन्ने गरेको कसले हेर्ने ?

२०७९, १५ श्रावण आईतवार ०४:१४

साउन १५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत शुक्रबार १४८ म्यानपावर कम्पनीलाई बिज्ञापन प्रकाशन नगरेको भन्दै जरिवाना तिराएपछि आज साढे १० बजे म्यानपावर व्यवसायीहरुले बिभाग घेर्ने तयारी गरेका छन् । व्यवसायीहरुले बिभागमा उपस्थित हुन व्यवसायीहरुलाई उर्दी समेत जारी गरेका छन् ।

बिभागद्वारा कारवाहीमा परेका म्यानपावरहरुले गत साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा बिज्ञापन गरेको भनि बिभागलाई झुक्याई बिज्ञापननै प्रकाशन नगरेको बिभागले जनाएको छ । बिभागबाट कारवाहीमा परेकाहरुलाई वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रूपैयाँका दरले जरिवाना गरेको थियो ।

बिभागले म्यानपावरहरुलाई तिराएको यही जरिवानाको विषय लगायत व्यवसायीका बिभिन्न समस्याको बिषयमा छलफल गर्न भनि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सबै व्यवसायी सदस्यहरुलाई बिभागमा उपस्थित हुन अनुरोध गरेको छ । 

छलफलको बिषय संघको केहि प्रतिनिधि र व्यवसायीका नेतृत्वहरुले गरे हुने अवस्थामा बिभागलाई दवाव दिने उदेश्यलेनै सबै व्यवसायीहरुलाई बिभागमा बोलाइएको पाइएको छ । बिभागमा आज व्यवसायीहरुले बिभिन्न विषयमा नारावाजी गर्ने सम्भावाना छ । 

बिज्ञापन छापेर कोटानै छैन भन्ने गरेको कसले हेर्ने ? 

वैदेशिक रोजगार अन्तर्गत नीतिगत मान्यतालाई व्यवसायीहरुले बिभिन्न बहानामा वेवास्था गर्दै आएको पाइएको छ । त्यसो त सरकारी निकाय समेत यस्ता नीतिलाई कानुनसम्मत लागू गर्न वा लागु गर्ने व्यवहारिकता नभएको अवस्था छ भने यथासक्य उक्त नीति परिवर्तनमा निरिह बन्दै आएको छ । नीतिगत बिषयलाई व्यवहारमा नलैजाने तर त्यसैलाई देखाएर व्यवसायीसँग आर्थिक बार्गेनिङ गर्ने श्रम मन्त्रालयका नेतृत्व देखि बिभागका केहि अधिकारीहरुको कार्यशैलीले वैदेशिक रोजगार क्षेत्र झनै बेथितिमा डुब्न पुगेको विश्लेषण गरिएको छ । 

नेपालको संबिधानले रोजगारको सूचना सबै जनाताले सार्वजनिक रुपमा समान रुपमा पाउनुपर्ने ग्यारेन्टी गरेको कारण वैदेशिक रोजगार ऐन बन्दा सोहि संबिधानको धारा अनुसारनै सरकारी इजजात पाएको म्यानपावरहरुले ल्याएको कोटा राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने अनिवार्यता छ । तर अधिकांश व्यवसायीले बिज्ञापन छाप्ननै नचाहने, एजेन्ट व्यवस्था खारेज भई सक्दा एजेन्ट मार्फत मात्र विदेश जान बाध्य बनाउने र सिधै म्यानपावर पुग्ने कामदारहरुलाई वेवास्था गर्ने गरेको पाइएको छ । जसको कारण ऐनको नीति अनुसार बिज्ञापन छापेपनि अधिकांश म्यानपावरहरुले बैदेशिक रोजगारमा आकांक्षीहरुमा चरम भ्रममा पार्ने काम गरिरहेको पाइएको छ । पछिल्लो समय बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छाप्ने म्यानपावरहरुले धेरै कामदार माग भएको कोटामा समेत डिमाण्ड छैन भन्ने तर अन्तर्वार्ताको मिति तोकेर बिज्ञापन छाप्ने गरेको पाइएको छ । कतिपयले पहिलेनै कोटा पुरा गरेर सरकारी प्रक्रियाको लागि मात्र बिज्ञापन छाप्ने गर्दा वैदेशिक रोजगार सूचना प्रणालीमा चरम बेथिति देखिएको छ । 

तर यो बेथितिको बिषयमा बिभाग, वैदेशिक रोजगार वोर्ड र बिज्ञापन वोर्ड समेत मौन बसेको पाइएको छ । एजेन्ट खारेज भई सक्दा एजेन्टको सक्रियता रहेको बुझ्दा बुझ्दै पनि बिभागले एजेन्टलाई हतोत्साहित गर्ने कुनै कार्ययोजना नबनाएको पाइएको छ । बिभागले एजेन्ट पहिचान भएको व्यक्तिलाई समेत ऐन अनुसार कडा कारवाही गर्नुको सट्टा मिलापत्र गराएर प्रोत्साहन गरिरहेको गुनाशो बढेको छ । यस्तो प्रत्साहनको कारण एजेन्टहरुले म्यानपावरहरुमा आफ्नो हालीमुहाली कायम राखिरहेको पाइएको छ । जसको कारण सिधा म्यानपावर पुग्ने युवाहरु एजेन्टहरुसँग जोडिएर म्यानपावरले तोकेभन्दा बढी लागतमा विदेश जान बाध्य हुनुको साथै जथाभावी अशुली र ठगीको सिकारमा पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण