१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा गोंगबुबाट एक जना पक्राउ, मुख्य नाइके युएईमै

२९ श्रावण २०७९, आईतवार १७:३१

साउन २९, काठमाडौं । दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् । 

दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिने प्रलोभन उनले देखाएका थिए । 

पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलव हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । 

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।  

मुख्य नाइके युएईमै 

युवाहरुलाई युएई भिजिटमा लगेर ठगिको साम्राज्य चलाईरहेकाहरुको नाइके जय बहादुर बिक भन्ने व्यक्ति हुन् । जय बहादुर बिक भन्ने व्यक्ति २५ बर्षका हुन् । बिकले कयौं नेपालीहरुलाई युएई लादै अलपत्र पारेको पिडितहरुले बताएका छन् । पीडितहरुलाई युएई पुर्याएको गिरोहले ९ महिनासम्म युएईमा अलपत्र पारेपछि पीडितहरु युएईले लगाएको हजारौं दिरामको फाइन तिरेर आफ्नै प्रयासमा रुदै रित्तो हात नेपाल फर्किएको साझा सबाल मिडियामा गुनाशो गरेका छन् । पीडित बनेर फर्किएकाहरु आफूलाई युएई पठाउने गिरोहमा संलग्नहरुलाई पक्राउ गर्न बिभिन्न निकाय चहारीरहेका छन् । गिरोहका नाइके जय बहादुर बिक सहित व्यक्तिहरु खुलेयाम युएईमा रमाईरहेको पीडितहरुले जनाएका छन् । कालिकोट जिल्लाको साविकको चिल्खाया वडा नम्वर १ घर भएका जय बहादुर बिकको ठगि साम्राज्यलाई फलाउने फुलाउने काममा नेपालमा दर्जनौं एजेन्टहरु क्रमश: योगेस परियार, बलराम थापा, बसन्तराज श्रेष्ठ, नविन बिक, सुरज थापा, समिर जोशी लगायतहरु संलग्न रहेको पाइएको छ  । 

उनिहरुले गरेको ठगिको बिषयलाई लिएर वैदेशिक रोजगार न्याधिकरणमा पीडितहरुले जाहेरी समेत दिएका छन् । प्रहरीले हालसम्म यो घटनामा संलग्न केहीलाई पक्राउ गरिसकेको छ तर मुख्य करोडौं ठगेर नाइके बनेका बिक सहित युएईमा भिजिट भिसाको साम्राज्य चलाउने उनका साथीहरु पक्राउ परेका छैनन् । 

ठगीमा संलग्नहरुले सामाजिक संजालको दुरुपयोग गरि The Royal Gorkha Overseas Pvt. Ltd. नामको अवैध म्यानपावर खडा गरि युवाहरुलाई युएईको आर्म्स गार्ड तथा भीआईपी सेक्युरिटी गार्डमा पठाउने प्रलोभन देखाउने गरेका थिए । उनीहरुले युएईमा मासिक तीन हजार पाँच सय कमाई हुने र खान-बस्न समेत खर्च नलाग्ने भनेको पीडितहरुले साझा सबाल मिडियालाई बताए । ठगि गर्नेहरुले The Royal Gorkha Overseas Pvt. Ltd. को खाता नम्बर समेत खोलेर ठगि गरेको पाइएको छ । उनीहरुले कम्पनीको एनएमबि बैंकको खाता खोलेर बाँकी रकम आ-आफ्नो व्यक्तिगत खाता नम्बर पठाउदै हाल्न लगाएको पाइएको छ । यस क्रममा ठगीमा संलग्न प्रदिप तामाङले एनआईसी एसिया बैंक, जय बहादुर बिकले माछापुछ्रे बैंकका खाता खोलेर रकम लिने गरेको पाइएको छ । त्यस्तै ठगीमा संलग्नहरुले कल्पना ढुंगाना र मीनादेवी पाण्डेको नाममा आईएमई मार्फत पैसा बुझेर बिभिन्न मितिमा भिजिटमा युएई लगेको पाइएको छ । ठगि गिरोहको नाइके जय बहादुर बिकले युएई पुर्याईएका व्यक्तिहरुबाट भिजिट भिसामा जाने क्रममा नेपालबाट साटेर लागिएको १/१ हजारको डलर समेत लिएर काममा लगाइदिने प्रतिबद्धता गर्ने गरेको पाइएको छ । डलर लगेपछि नीज बिकले पुन: फेक अफर लेटर बनाई अब ड्युटी ज्वाईन गरिदिने भन्दै युएईमै रहंदा फेरी आफ्नो माछापुछ्रे बैंकको खातामा पैसा जम्मा गरिदिन भनेपछि पीडितहरुले नेपालमा परिवार मार्फत थप पैसाजम्मा गरिदिने गरेको पाइएको छ । तर पैसा हालेपछि बिभिन्न ठाउँमा सार्दै ९ महिनासम्म युएईमा राखेको पीडितहरुले बताएका छन् । युएईमा बस्ने क्रममा कहिले दाल र भात मात्र दिने गरेको र कहिले ५ दिनसम्म खाना खान नदिएको पीडितहरुले बताएका छन् । 

ठगी तथा मानव तस्करीमा संलग्न बिक लगायत बिरुद्ध ओम प्रकाश उप्रेती सहित १० जनाले  एक करोड १५ लाख ३५ हजार, दिपेन सांवा सहित ७ जना पीडितहरुले थप ५४ लाख ३४ हजार, डिलराज डौलियाले ११ लाख ११ हजार र महेन्द्र बहादुर कुमाल सहित तीन जनाले २९ लाख ३६ हजार सहित २ करोड २९ लाख भन्दा बढीको मागदावी सहित जाहेरी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण