२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

३० श्रावण २०७९, सोमबार ०८:४७

साउन ३०, काठमाडौँ |  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो । 

No description available.

उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।  त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो । 

No description available.

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामि दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । 

No description available.

त्यस्तै उहाँले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गर्नु भयो ।

इजरायल रोजगारको थप अपडेट पाईराख्न तलको एप आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्नुहोला

Baideshik Rojgar

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य