२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा विदेश जान लागेका ३९ जनालाई विमानस्थलबाट फर्काइयो

२०७९, ८ भाद्र बुधबार ०८:३८

भदौ ८, काठमाडौँ । भिजिट भिसाको मापदण्ड बिपरित विदेश उड्न लागेका ३९ जना महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । भिजिट भिसामा ३९ जना महिलाहरु विदेश उड्न लागेको अवस्थामा उनीहरुको कागजात चेकजाँच गरिएको थियो । 

चेकजाँचको क्रममा उनीहरुले मापदण्ड पुरा गर्न पेश गरेका कागजातहरु सबै नक्कली भएको प्रहरीले जनाएको छ । विदेश जान लागेका महिलाहरुले धेरैजसो गल्फ र मिडल इस्टमा जानको लागि भिजिट भिसा लिएको पाइएको छ । भिजिट भिसाको नाममा वैदेशिक रोजगारको प्रलोभनमा ठगि बढेको र विदेशमा गएर अलपत्र पर्ने गरेको कारण सरकारले भिजिट भिसामा बिभिन्न मापदण्ड पुरा गर्नुपर्ने नियम ल्याएको थियो । तर बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूले मापदण्डको कागजात नक्कली बनाएको पाइएको छ । उनीहरु विदेश जान नपाए पछि माइती नेपालको संरक्षणमा छन् ।

बैदेशिक रोजगारमा जान प्रलोभनमा विमानस्थलकै सेटिङमा भिजिट भिसामा पठाउने गरिएको आरोप लगाइदै आएको छ । मापदण्ड पुरा गरेर मात्र भिजिट भिसामा जान पाइने नियम भएपनि विमानस्थलमा चेकिङ कडा नहुँदा वा विमानस्थलकै सेटिङमा भिजिट भिसामा मापदण्ड पुरा नभएकाहरुलाई छिर्न दिएको तथा नक्कली कागजातहरु पेश गरेर पनि सजिलै भिजिट भिसामा जान दिने गरिएको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल