रोमानिया पठाईदिने भन्दै १७ लाख भन्दा बढी ठगि गर्ने युवती पक्राउ

Posted on: 29 Aug, 2022

भदौ १३, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा रोमानिया पठाइपदन्छु भनि विभिन्न व्यक्तिहरुसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २० बर्षीय युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भर भएकी पुनमाया श्रेष्ठ रहेकी छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ६ लाख रुपैयाँका दरले पैसा उठाएर फरार रही ठगी गरेको प्रहरीले जनाएको छ ।


पुनले रोमानियामा फुड प्याकिङको काममा मासिक ७५ हजार रुपैयाँ तलब हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएकि थिइन् । सोमबार प्रहरीले उनलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!