२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीकाे नाउँमा जताततै हुने ठगीलाई नियन्त्रण गर्नुपर्छ: मन्त्री कुँवर

१९ भाद्र २०७९, आईतवार ०९:१२

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीमा पठाने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् । आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन् । 


उनले  शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताए ।  मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजिकरण गर्ने बताए । उनले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अफ्ठ्यारो लागेको बताए । 

मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए । उनले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्यो गरेको बताए । उनले भने, ‘कल सेन्टरमा श्रमिकका समस्या तत्काल पनि समाधान गरेका छौं । कल सेन्टर कल सेन्टरको लागि मात्रै होइन । तत्काल समाधान गर्ने माध्यम पनि भएको छ । श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ । सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ । बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ । धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन् । केही जटिल प्रकारका भएकाले केही समय लाग्छ । मन्त्रालयले रोमनियाको लागि साढे ३ लाख लिएर पठाइँदै छ भनेर सुनौं । शंका लागेको व्यक्तिलाई मन्त्रालयले एक घण्टाभित्र बोलाएर स्पष्टीकरण सोधेका छौं ।  शंका गरेको व्यक्तिहरुले अन्त पनि देखाएको छ । मन्त्रालयका यस्ता जानकारी आउँदैन । अब अलिअलि अफ्ठ्यारो पनि लाग्न थाल्यो । शुन्य लागतमा पठाउने भनेका छौं जताततै पैसा असुल भएको छ । त्यसको नियन्त्रण भएको छैन । त्यसको नियन्त्रणको लागि अनुगमन टोली पठायौं । टोलीले केही पनि भेटाउँदैन । पैसा र प्रमाण केही भेटाउँदैन । प्रमाण नभई कारबाहीको दायरामा कसरी ल्याउने सरकारलाई समस्या परेको छ । त्यस्तो भइरहेको सबै ठाँउबाट जानकारी आउनुप¥यो । सबै मन्त्रालय,प्रहरी पत्रकार सबै जना जाऔं मेनापावरले अफिसमा पैसा असुल गर्दैन । त्यस्ता एजेण्टका कहाँ छ बस्ने ठाँउहरु त्यसको सोधि खोजि गरौं । वैदेशिक रोजगारीमा पठाउने नाउँमा जताततै ठगीको कामलाई नियन्त्रण गर्नुपर्छ । अहिले घर जग्गामा दलाली छ । अहिले फोहोर उठाउने विषयमा समेत दलाली चल्न थालेको छ । यो सबैको समाधानको लागि राज्यको मात्रै काम हो भनेर बस्दा समाधान गर्न सकिँदैन । त्यसको लागि सबैको भुमिका महत्वपूर्ण हुन्छ ।’

मन्त्री कुँवरले आइतबार चार जना श्रमिकहरूको गुनासो सुनेका छन्। उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौँ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरूले मन्त्री कुँवरलाई गरेका थिए।

श्रममन्त्री कुँवरले हेरक हप्ताको आइतबार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य