१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छः मन्त्री कुँवर

२६ भाद्र २०७९, आईतवार ०८:४०

भदौ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् । 

आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारका लागि सरकार लागि परेको बताए । उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए । 


मन्त्री कुँवरले आवश्यकताअनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए । उनले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे । 

मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरूलाई कारबाही गरिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट