२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छः मन्त्री कुँवर

२०७९, २६ भाद्र आईतवार ०८:४०

भदौ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् । 

आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारका लागि सरकार लागि परेको बताए । उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए । 


मन्त्री कुँवरले आवश्यकताअनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए । उनले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे । 

मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरूलाई कारबाही गरिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश