२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन

२०७९, २६ भाद्र आईतवार १०:२१

भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तरगर्त उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो ।

कार्यक्रममा  श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरेले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् ।


मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनु भएको छ । साथै उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताउनु भयो ।

उहाँले म्यानपावरले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवार्ही गर्न समस्या भएको बताउनु भएको छ । मन्त्री कुँवरले श्रमिकलाई म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गर्नु भएको छ ।

मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुन्नु भएको छ । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष मन्त्रीसँग आफ्ना गुनसाहरु राखेका छन् । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु बैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गर्नु भएको छ ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संञ्चालन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश