२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर मात्र पठाउन माग

२०७९, २६ भाद्र आईतवार १०:४०

भदौ २६, काठमाडौँ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका कायम गर्न आग्रह गरेको छ । 

अहिले विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न महासङ्घले आग्रह गरेको हो । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आबद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घको माग छ । 

नेपालमा अहिले उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारिताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यकताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेको छ ।

तालिम नभई रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरू पनि दक्ष नबनी जाँदा न्यूनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ ।

तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश