१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपीएस भाषा पास गरेका पुराना कामदार कोरिया उडे

२७ भाद्र २०७९, सोमबार ११:११

भदौ २७, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । 


कोरोना महामारीका कारण सन् २०१७ मा भाषा परीक्षा पास गरेर कन्ट्रयाक्ट समेत गरिसकेकाहरू कोरिया जान पाएका थिएनन् । त्यस्तै सन् २०१८ मा भाषा पास गरेका झण्डै १४०० जना पनि अहिलेसम्म जान पाएका छैनन् । पास गरेर भिसा समेत आइसकेका तर, कोरिया जान नपाएकाहरू अहिले गइरहेको निर्देशक कटुवालको भनाई छ । 

‘अहिले मासिक रूपमा २ हजारसम्म गइरहेका छन् । पुराना गइसकेपछि सन् २०२२ मा पास गरेकाहरू जानेछन् ।’ निर्देशक कटुवालले भने । कृषि क्षेत्रका जाने तयारीमा रहेकाहरूको हकमा भने कोरियाले लैजाने वा नलैजाने बारे कुनै जानकारी दिएको छैन् ।

कोरियाले अहिले उत्पादनमुलक क्षेत्रका कामदारलाई लगिरहेको हो ।  अब झण्डै १८०० जना जति पुराना कामदार बाँकी रहेको र उनीहरू पनि चाँडै गइसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट