२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपीएस भाषा पास गरेका पुराना कामदार कोरिया उडे

२०७९, २७ भाद्र सोमबार ११:११

भदौ २७, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । 


कोरोना महामारीका कारण सन् २०१७ मा भाषा परीक्षा पास गरेर कन्ट्रयाक्ट समेत गरिसकेकाहरू कोरिया जान पाएका थिएनन् । त्यस्तै सन् २०१८ मा भाषा पास गरेका झण्डै १४०० जना पनि अहिलेसम्म जान पाएका छैनन् । पास गरेर भिसा समेत आइसकेका तर, कोरिया जान नपाएकाहरू अहिले गइरहेको निर्देशक कटुवालको भनाई छ । 

‘अहिले मासिक रूपमा २ हजारसम्म गइरहेका छन् । पुराना गइसकेपछि सन् २०२२ मा पास गरेकाहरू जानेछन् ।’ निर्देशक कटुवालले भने । कृषि क्षेत्रका जाने तयारीमा रहेकाहरूको हकमा भने कोरियाले लैजाने वा नलैजाने बारे कुनै जानकारी दिएको छैन् ।

कोरियाले अहिले उत्पादनमुलक क्षेत्रका कामदारलाई लगिरहेको हो ।  अब झण्डै १८०० जना जति पुराना कामदार बाँकी रहेको र उनीहरू पनि चाँडै गइसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण