१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस जाने नेपाली विद्यार्थीलाई दूतावासको अपील

२९ भाद्र २०७९, बुधबार ०९:२२

भदौ २९, काठमाडौँ । रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ ।

दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्न सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ । रुसी महासङ्घस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।


नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रमार्फत विद्यार्थी प्रवेशाज्ञामा रुस जाने नेपालीले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायत विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया पुग्ने गरेका छन् । तर परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण रुसमा कष्टकर दैनिकी भोगिरहेका नेपालीले हाल नेपाल फर्किन सहजीकरण गर्नका लागि अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्दै आएका छन् ।

तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घरपरिवारबाट समेत अनुरोध भई आएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । रुसी महासङ्घका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई यथेष्ट अवसर रहेका छन् । तर भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने विद्यार्थी अनेकन समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ ।

दूतावासले विद्यार्थी प्रवेशाज्ञामा रुसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नु हुन सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ । उक्त विषयमा थप जानकारीका लागि दूतावासका सुशील घिमिरे (द्वितीय सचिव) +74992419313, +79680702815 र राजकुमार बस्नेत (सहचारी)+74992419512, +79684602225 लाई सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट