२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट घर फर्कन आवश्यक पर्ने एक्जिट भिसाबारे जानै पर्ने कुरा

२०७९, ५ आश्विन बुधबार १०:४२

असोज ५, काठमाडौँ | तपाईँ साउदीबाट स्वदेश फर्कन्न चाहनुहुन्छ तर कम्पनीले एक्जिट भिसा (बहिर्गमन भिसा) नदिएर अप्ठेरोमा पर्नु भएको छ । यदि त्यसो हो भने साउदीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यस्तो भिसाको प्रक्रिया निःशुल्क गरिदिन्छ । तर त्यसका लागि विभिन्न सर्त भने पूरा भएको हुनु पर्नेछ । 

इकामा(साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि तपाईँको कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका व्यक्तिहरूको दूतावासले तपाईँको स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ ।


तर इकामाको म्याद भएका व्यक्तिहरूको भने एक्जिट भिसाको प्रक्रिया गर्न नमिल्ने दूतावासले जनाएको छ । यसका साथै कुनै मुद्दा लागेको छ वा जरिवाना तोकिएको छ भने पनि मुद्दाको छिनोफानो नभएसम्म र तोकिएको जरिवाना नतिरेसम्म दूतावासले यस्तो भिसाको प्रक्रिया गरिदिन मिल्दैन ।

पछिल्लो समय साउदीमा विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदीको आवासीय अनुमति पत्र नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिएर सहजीकरण गरिरहेको छ ।

पछिल्लो समय १५ सेप्टेम्बरसम्म मात्रै ५८ जना नेपालीले यस्तो भिसा दूतावासकै पहलमा पाएका छन् । दूतावासको पहलमा एक्जिट भिसा पाएको ६० दिन अर्थात् २ महिना भित्र साउदी छाडिसक्न पर्छ । दूतावासले यस्तो प्रक्रिया गर्दा कुनै पनि शुल्क लिँदैन ।

तर एक्जिट भिसा लागेपछि नेपाल फर्कने हवाई टिकट भने व्यक्तिले नै व्यवस्था गर्न पर्छ । दूतावासले साउदीको अध्यागमनसँग समन्वय गरी एक्जिट भिसा लगाउन सहजीकरण गर्छ । एक्जिट भिसाको आवश्यक भएमा दूतावासमा गएर फारम भर्नुपर्छ । तर दूतावासले प्रक्रिया गर्दैमा यो भिसा लागिहाल्छ भन्ने पनि निश्चित हुँदैन । 

साउदीको नियम अनुसार साउदीको जुन ठाउँबाट इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रक्रिया अघि बढाउन पर्छ । त्यस कारण आफ्नो इकामा कहाँबाट बनेको हो भन्ने जानकारी राख्न आवश्यक हुन्छ ।

साउदीको रियादबाट बनेका इकामाको एक्जिट भिसाका लागि मात्र दूतावासमा आउन आग्रह गरिएको छ भने अन्य ठाउँका बारेमा फोन मार्फत नै जानकारी लिन दूतावासले भनेको छ । दूतावासमा एक्जिट भिसाका बारेमा बुझ्न ०५०००२१४०९ र ०४५७०४५२७२ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने जेद्दामा रहेको महावाणिज्य दूतावासमा ०५८२८१७१८८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश