२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

२४ आश्विन २०७९, सोमबार १०:५१

असोज २४, काठमाडौँ । कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो ।  जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।


सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेका बेला कतारले आवेदन आह्वान गरेको हो । सूचना निकाल्दै क्यूभीसीले महिला तथा पुरुषले घरेलु कामदारका लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न सकिने जनाएको छ ।

घरेलु कामदार र सोही हैसियतका कामदारका लागि भिसा आवेदन लिन सकिने क्यूभीसीले जारी गरेको सूचनामा उल्लेख छ । क्यूभीसीमा मेट्राश एप र केन्द्रको वेबसाइटबाट एपोइन्टमेन्ट बुकिङ गरेर आवेदन बुझाउन सकिने जनाएको छ ।

मन्त्रालयले २९ सेप्टेम्बर २०२२ (१२ असोज) मा उक्त सूचना जारी गरेको थियो । उक्त विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष पुगेपछि मन्त्री शेरबहादुर कुँवरले चासो राखेका छन् । तर, यो विषयमा श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागका अधिकारीले भने अनविज्ञता प्रकट गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यो विषयमा बुझ्नुपर्ने बताए । ‘जब हामीले सूचना पायौं । तत्कालै दशैं विदा भयो । के रहेछ ? कसरी आयो ? भन्ने कुरा अब बुझ्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कतारले घरेलु कामदार लैजाने विषयमा नेपालमाथि चर्को दबाब दिँदै आएको छ । पछिल्लो समय कतारमा घरेलु कामदारको अभाव छ । जसले गर्दा कतारले नेपालबाट घरेलु कामदार लैजान यसअघिको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दै आएको हो ।

केही महिना अगाडि नेपाल र कतारका अधिकारीबीच भएको बैठकमा कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोलिदिन अनुरोध गरेको थियो । ‘हामी अरू कुरा जे गर्न पनि तयार छौं । तपाईहरूलाई ट्रेनिङ दिने, कामदारको सुरक्षा लगायतका कुरा हामी गर्छौ । तर, प्रतिबन्ध खोलिदिनु भनेर अनुरोध भएको थियो,’ प्रवक्ता घिमिरेले भने ।

उनीहरूले घरेलु कामदार पठाउन सहज गरिदिए नेपालबाट विश्वकपका लागि आवश्यक पर्ने थप कामदार लैजाने समेत आश्वासन दिएको थियो ।

उनीहरूको अनुरोधलाई स्वीकार गर्दै नेपालले इम्प्लिमेन्टेशन प्रोटोकल पठाउन अनुरोध गरेको थियो । ‘संसदीय समिति रोक लगाउन भनेपछि सरकारले घरेलु कामदार रोकेको थियो । तपाईहरू इम्प्लिमिन्टेशन प्रोटोकल पठाउनुहोस् हामी त्यसलाई सरकारलाई पठाएर कार्यान्वयमा जान्छौं भनेका थियौं । त्यही आधारमा पठाउने सहमति भएको थियो,’ प्रवक्ता शर्माले भने ।

तर, कतारले आधिकारिक अनुरोधविनै अहिले एकाएक सूचना जारी गरेको हो । जसले गर्दा मन्त्रालयका अधिकारी चकित परेका छन् ।  ‘उनीहरूले अहिलेसम्म केही पनि पठाएका छैनन् । केही पनि नपठाइ एकाएक घरेलु कामदार लैजाने भनेर सूचना आयो । के कति कारणले आयो ? त्यो बुझ्नुपर्छ,’ प्रवक्ता घिमिरेले भने । 

कतारले आवेदन आह्वान गरेपनि नेपालले सहमति नदिई कोही पनि कामदार जान नपाउने उनको भनाइ छ । ‘हामीले कुनै सहमति नजनाइ, कुनै सहमति नगरी हाम्रा श्रमिकलाई जाउ भन्न सकिँदैन,’ उनले भने ।

श्रम मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने विषयमा तत्कालिन संसदीय समितिमा कुरा उठाएको थियो । तर, कुनै सुनुवाई भएको थिएन । कतारले नेपालको अनुमतिविना नै त्यसरी घरेलु कामदारको लागि भनेर सूचना निकाल्न पाउँदैन।

कतारले घरेलु कामदारमाथि प्रतिबन्ध फुकुवा गरेर नपठाए अन्य क्षेत्रका कामदार पनि नलैजाने चेतावनी समेत दिएको छ ।

कतारमा हाल घरेलु कामदारको माग अत्यधिक छ । हाल कतारमा साढे ३ लाख भन्दा बढी घरेलु कामदारको माग रहेको बताइएको छ । कतारले हाल इण्डोनेसिया, फिलिपिन्स लगायतका देशहरूबाट घरेलु कामदार लगिरहेको छ । तर, उनीहरूमा भाषा र सीपको अभावले गर्दा कतारले अन्य देशबाट पनि घरेलु कामदार लैजाने प्रक्रिया अगाडि बढाइरहेको हो । -रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य