२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

२०७९, २४ आश्विन सोमबार १०:५१

असोज २४, काठमाडौँ । कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो ।  जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।


सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेका बेला कतारले आवेदन आह्वान गरेको हो । सूचना निकाल्दै क्यूभीसीले महिला तथा पुरुषले घरेलु कामदारका लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न सकिने जनाएको छ ।

घरेलु कामदार र सोही हैसियतका कामदारका लागि भिसा आवेदन लिन सकिने क्यूभीसीले जारी गरेको सूचनामा उल्लेख छ । क्यूभीसीमा मेट्राश एप र केन्द्रको वेबसाइटबाट एपोइन्टमेन्ट बुकिङ गरेर आवेदन बुझाउन सकिने जनाएको छ ।

मन्त्रालयले २९ सेप्टेम्बर २०२२ (१२ असोज) मा उक्त सूचना जारी गरेको थियो । उक्त विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष पुगेपछि मन्त्री शेरबहादुर कुँवरले चासो राखेका छन् । तर, यो विषयमा श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागका अधिकारीले भने अनविज्ञता प्रकट गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यो विषयमा बुझ्नुपर्ने बताए । ‘जब हामीले सूचना पायौं । तत्कालै दशैं विदा भयो । के रहेछ ? कसरी आयो ? भन्ने कुरा अब बुझ्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कतारले घरेलु कामदार लैजाने विषयमा नेपालमाथि चर्को दबाब दिँदै आएको छ । पछिल्लो समय कतारमा घरेलु कामदारको अभाव छ । जसले गर्दा कतारले नेपालबाट घरेलु कामदार लैजान यसअघिको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दै आएको हो ।

केही महिना अगाडि नेपाल र कतारका अधिकारीबीच भएको बैठकमा कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोलिदिन अनुरोध गरेको थियो । ‘हामी अरू कुरा जे गर्न पनि तयार छौं । तपाईहरूलाई ट्रेनिङ दिने, कामदारको सुरक्षा लगायतका कुरा हामी गर्छौ । तर, प्रतिबन्ध खोलिदिनु भनेर अनुरोध भएको थियो,’ प्रवक्ता घिमिरेले भने ।

उनीहरूले घरेलु कामदार पठाउन सहज गरिदिए नेपालबाट विश्वकपका लागि आवश्यक पर्ने थप कामदार लैजाने समेत आश्वासन दिएको थियो ।

उनीहरूको अनुरोधलाई स्वीकार गर्दै नेपालले इम्प्लिमेन्टेशन प्रोटोकल पठाउन अनुरोध गरेको थियो । ‘संसदीय समिति रोक लगाउन भनेपछि सरकारले घरेलु कामदार रोकेको थियो । तपाईहरू इम्प्लिमिन्टेशन प्रोटोकल पठाउनुहोस् हामी त्यसलाई सरकारलाई पठाएर कार्यान्वयमा जान्छौं भनेका थियौं । त्यही आधारमा पठाउने सहमति भएको थियो,’ प्रवक्ता शर्माले भने ।

तर, कतारले आधिकारिक अनुरोधविनै अहिले एकाएक सूचना जारी गरेको हो । जसले गर्दा मन्त्रालयका अधिकारी चकित परेका छन् ।  ‘उनीहरूले अहिलेसम्म केही पनि पठाएका छैनन् । केही पनि नपठाइ एकाएक घरेलु कामदार लैजाने भनेर सूचना आयो । के कति कारणले आयो ? त्यो बुझ्नुपर्छ,’ प्रवक्ता घिमिरेले भने । 

कतारले आवेदन आह्वान गरेपनि नेपालले सहमति नदिई कोही पनि कामदार जान नपाउने उनको भनाइ छ । ‘हामीले कुनै सहमति नजनाइ, कुनै सहमति नगरी हाम्रा श्रमिकलाई जाउ भन्न सकिँदैन,’ उनले भने ।

श्रम मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने विषयमा तत्कालिन संसदीय समितिमा कुरा उठाएको थियो । तर, कुनै सुनुवाई भएको थिएन । कतारले नेपालको अनुमतिविना नै त्यसरी घरेलु कामदारको लागि भनेर सूचना निकाल्न पाउँदैन।

कतारले घरेलु कामदारमाथि प्रतिबन्ध फुकुवा गरेर नपठाए अन्य क्षेत्रका कामदार पनि नलैजाने चेतावनी समेत दिएको छ ।

कतारमा हाल घरेलु कामदारको माग अत्यधिक छ । हाल कतारमा साढे ३ लाख भन्दा बढी घरेलु कामदारको माग रहेको बताइएको छ । कतारले हाल इण्डोनेसिया, फिलिपिन्स लगायतका देशहरूबाट घरेलु कामदार लगिरहेको छ । तर, उनीहरूमा भाषा र सीपको अभावले गर्दा कतारले अन्य देशबाट पनि घरेलु कामदार लैजाने प्रक्रिया अगाडि बढाइरहेको हो । -रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना