१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्ष श्रमिकलाई यूएईले दिने गोल्डेन भिसा लिने नियम केही खुकुलो

२ कार्तिक २०७९, बुधबार ०८:२९

कात्तिक २, काठमाडौं | पछिल्लो समय यूएईले दक्ष तथा व्यवसायीक आप्रवासीका लागि प्रदान गर्ने गोल्डेन भिसाका केही नियम खुकुलो बनाएको छ ।

निश्चित मापदण्ड पूरा गरेका आप्रवासीहरूले यूएईमा बस्नका लागि पाउने गोल्डेन भिसा सम्बन्धी केही नियममा परिवर्तन गरेको छ । तर जानकारीको अभावमा धेरैजसोले गोल्डेन भिसाका लागि आवेदन नै नदिने गरेको खबर खालीज टाइम्सले लेखेको छ ।


गोल्डेन भिसाका लागि आवेदन दिनका लागि यसअघि कम्तीमा मासिक ५० हजार दिर्हाम आम्दानी भएको हुनुपर्थ्यो । तर अहिले अहिले यो प्रावधानलाई परिवर्तन गर्दै ३० हजार दिर्हाम मासिक आम्दानी हुनेले पनि यूएईको गोल्डेन भिसाका लागि आवेदन दिन सक्नेछन् ।

चिकित्सा क्षेत्र, विज्ञान तथा इन्जिनियरिङ क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, वाणिज्य तथा प्रशासन क्षेत्रका साथै कानुन, संस्कृति तथा सोसियल साइन्सको क्षेत्रमा आबद्ध आप्रवासीहरूले यो भिसाका लागि आवेदन दिन सक्नेछन् । 

यूएईमा गोल्डेन भिसा पाएपछि बसोबासको अवधि बढ्ने छ । यो भिसा १० वर्षको हुन्छ । आफै स्पोन्सर भएर बस्न वा काम गर्न पाइन्छ भने आफ्नो आफन्तलाई पनि स्पोन्सर गर्न र घरेलु श्रमिकसमेत राख्न पाइन्छ ।

यो भिसा प्राप्त गर्नेहरूले यूएईमा स्वास्थ्यको पनि राम्रो प्याकेज पाउनेछन् भने दुबई प्रहरीको इस्क्ड प्रिभिलेज कार्डसमेत पाउनेछन् । 

 तर यो भिसाका लागि आवेदन दिनका लागि यूएईको आधिकारिक रोजगार करार सम्झौता पत्र र पेसागत रूपमा पनि पहिलो वा दोस्रो दर्जाको रूपमा सूचिकृत हुन पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन