१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवाबाट विदेश उड्दा ८ हजार सस्तोमा टिकट पाइन्छ तर म्यानपावरहरुले उतिनै अशुल्छन्

१३ कार्तिक २०७९, आईतवार ११:३५

कात्तिक १३, काठमाडौँ । अन्तराष्ट्रिय उडानको लागि एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा अहिले नेपालमा दोश्रो अन्तराष्ट्रिय विमान स्थल सुचारु अवस्थामा छ । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा उडान गरिरहेको छ । 

त्यसो त नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलबाट दैनिक तीन भन्दा बढी उडान भर्ने एयरलाइन्सहरुलाई अनिवार्य एक उडान भैरहवा स्थित विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको छ । नियम अनुसार आजदेखि जजिरा बाहेक स्वदेशी एयरलाइन्स हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने हुन्छ । त्यस्तै आगामी डिसेम्बर १५ देखि एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेज पनि अनिवार्य भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने बाध्यता हुनेछ । तर हाल कुवेतको लागि जजिराको उडान भईरहँदा म्यानपावर कम्पनीहरुले भने काठमाडौँबाटै उडान भर्दा लाग्ने टिकट शुल्क लिईरहेको पाइएको छ । 

म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई काठमाडौंबाट उडानको लागि टिकट छैन भन्दै भैरहवा पठाउने तर भैरहवाबाट उड्ने यात्रुहरुसँग काठमाडौँबाट उडे सरह प्लेन टिकटको पैसा लिने गरेको पाइएको छ । भैरहवाबाट उड्दा करिव ८ हजार रुपैयाँ सस्तो पर्छ । यसरी सस्तो पर्नुको पछाडी केहि कारणहरु पनि छन् । भैरहवास्थित विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट दिईएको कारण यो विमानस्थलबाट उडान गर्दा काठमाडौँबाट भन्दा टिकटको मूल्य सस्तो पर्छ । 

हाल गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जानेहरुले उडान गर्दा सबै आवश्यक पूर्वाधारहरु नभएको कारण दोहोरो मारमा छन् । कतिपय वैदेशिक रोजगारमा जानेहरुले मेडिकलदेखि अन्य प्रक्रिया पुरा गर्न काठमाडौँनै आउनुपर्ने बाध्यता छ । जसको कारण सहजीकरणको सट्टा भैरहवाकै युवाले वैदेशिक रोजगारमा जान काठमाडौँ आउनुपर्ने अनि फेरी उडानको लागि भैरहवामै फर्कनुपर्ने बाध्यता समेत छ । सहजिकरणको लागि भन्दै भैरहवाबाटै अन्तिम श्रम स्वीकृति दिने भनेपनि म्यानपावरको प्रक्रिया, मेडिकल, भिसा, बायोमेट्रिक र अभिमुखीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता छ । यसको कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरुको खर्च बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन