२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवाबाट विदेश उड्दा ८ हजार सस्तोमा टिकट पाइन्छ तर म्यानपावरहरुले उतिनै अशुल्छन्

२०७९, १३ कार्तिक आईतवार ११:३५

कात्तिक १३, काठमाडौँ । अन्तराष्ट्रिय उडानको लागि एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा अहिले नेपालमा दोश्रो अन्तराष्ट्रिय विमान स्थल सुचारु अवस्थामा छ । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा उडान गरिरहेको छ । 

त्यसो त नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलबाट दैनिक तीन भन्दा बढी उडान भर्ने एयरलाइन्सहरुलाई अनिवार्य एक उडान भैरहवा स्थित विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको छ । नियम अनुसार आजदेखि जजिरा बाहेक स्वदेशी एयरलाइन्स हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने हुन्छ । त्यस्तै आगामी डिसेम्बर १५ देखि एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेज पनि अनिवार्य भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने बाध्यता हुनेछ । तर हाल कुवेतको लागि जजिराको उडान भईरहँदा म्यानपावर कम्पनीहरुले भने काठमाडौँबाटै उडान भर्दा लाग्ने टिकट शुल्क लिईरहेको पाइएको छ । 

म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई काठमाडौंबाट उडानको लागि टिकट छैन भन्दै भैरहवा पठाउने तर भैरहवाबाट उड्ने यात्रुहरुसँग काठमाडौँबाट उडे सरह प्लेन टिकटको पैसा लिने गरेको पाइएको छ । भैरहवाबाट उड्दा करिव ८ हजार रुपैयाँ सस्तो पर्छ । यसरी सस्तो पर्नुको पछाडी केहि कारणहरु पनि छन् । भैरहवास्थित विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट दिईएको कारण यो विमानस्थलबाट उडान गर्दा काठमाडौँबाट भन्दा टिकटको मूल्य सस्तो पर्छ । 

हाल गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जानेहरुले उडान गर्दा सबै आवश्यक पूर्वाधारहरु नभएको कारण दोहोरो मारमा छन् । कतिपय वैदेशिक रोजगारमा जानेहरुले मेडिकलदेखि अन्य प्रक्रिया पुरा गर्न काठमाडौँनै आउनुपर्ने बाध्यता छ । जसको कारण सहजीकरणको सट्टा भैरहवाकै युवाले वैदेशिक रोजगारमा जान काठमाडौँ आउनुपर्ने अनि फेरी उडानको लागि भैरहवामै फर्कनुपर्ने बाध्यता समेत छ । सहजिकरणको लागि भन्दै भैरहवाबाटै अन्तिम श्रम स्वीकृति दिने भनेपनि म्यानपावरको प्रक्रिया, मेडिकल, भिसा, बायोमेट्रिक र अभिमुखीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता छ । यसको कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरुको खर्च बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण