१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मौसमी कामदार’ ले अबदेखि वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने

१८ पुष २०७९, सोमबार ०७:३१

पुस १८, काठमाडौँ | अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थानि निर्देशिका २०७९’ जारी गरेको छ । उक्त निर्देशिका नहुँदा सरकारले छोटो समयका लागि वैदेशिक रोजगारी जाने कामदारलाई अवैध मान्दै आएको थियो । अबदेखि भने वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मौसमी कामदारको रूपमा जान पाउने भएका छन् । 

अब कसरी जान पाउँछन् ? 

विभिन्न देशले नेपालबाट छोटो समयका लागि कामदार माग गर्दै आएका छन् । तर, नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि न्यूनतम एक वर्षका लागि मात्रै श्रम स्वीकृत दिने कानूनी व्यवस्थाले गर्दा समस्या थियो । अहिलेसम्म गएका व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र जाने गरेका थिए । अबदेखि भने त्यो बाध्यता हटेको छ र सरकारले नै पठाउने भएको छ । 

यसका लागि नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा सरकारले द्वीपक्षीय श्रम सम्बनध स्थापना गर्न सक्नेछ ।  श्रम सम्बन्ध स्थापना भएपछि निर्देशिका बमोजिम रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरढा गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नुपर्नेछ । सोही आधारमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह