२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ सरकारका सहयोगी भन्दै म्यानपावरहरुमा युटुवर आतंक !

२०७९, १९ पुष मंगलवार ०५:०८

पुस १९, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रलाई बदनाम गर्ने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटुवर अभियान्ताको नाम दिइ गुण्डागर्दि भईरहेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच नेपालले बिज्ञप्ति जारी गरेको छ ।

जारी बिज्ञप्तिमा भनिएको छ 'अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भनि गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्थित भई व्यवसायी माथि कुटपिट गर्ने, गाली-बेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखेर  राखि प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाइ कानुनी दायरामा ल्याइ कारबाही गर्न नेपाल सरकार र समन्धित निकायसँग माग गर्दछौं ।' 

बिज्ञप्तिमा वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न वैदेशिक रोजगार व्यवसायीले यस क्षेत्रमा पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायी माथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन ल्याउन माग गरिएको छ । बिज्ञप्ति अनुसार पीडितहरुलाई समस्यामा पर्दा सम्बन्धित ब्यावसायी कम्पनी, संघ र बिभाग समक्ष आफ्नो सामस्या राख्न अनुरोध गरिएको छ । 

यस्तो छ जारी बिज्ञप्ति 

प्रेस विज्ञाप्ती 

स्वदेशमा बेरोजगारी अवस्थाको कारण वैदेशिक रोजगार बाध्यात्मक र आवश्यकता रहेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भएको छ । कोभिड-१९ पछिको बेरोजगारी चापले अझ यसको आवश्यकता बढेको छ । 

रेमिट्यान्सको संवाहक वैदेशिक रोजगार क्षेत्रमा कृयाशिल करिब आठ सय ८० व्यवसायीहरु वैदेशिक रोजगार ऎन, नियमावली साथै प्रचलित कानुनको अधीनमा रहि प्रत्येक कम्पनीले दुई करोड देखि छ करोडसम्म धरौटी राखि व्यवसाय संचालन गर्दै आएका छौं । 

यस क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटूवर अभियन्ताको नाम दिइ गुण्डागर्दि गर्ने एउटा समूह सक्रिय रहेका छन् । अनाधिकृत युवटुवरहरुले नवगठित सरकारको सहयोगी हौँ भन्दै गुण्डागर्दि गरी कानुन हातमा लिएर व्यवसायीहरुको कार्यालयमा उपस्तिथ भई व्यवसायी माथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने, धम्की दिने र बिषय भन्दा फरक युटुवमा राखी  प्रशारण गरि बेइज्जत गर्ने गैरकानुनी कार्य गरिरहेको छन् । उक्त कार्यप्रति खेद जनाउदै यस्ता गैरकानुनी कार्य गर्ने तत्वलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्दछौं । 

वर्तमान बेरोजगारीको अवस्थालाई अल्पकालीन समयमा समाधान गर्न यस क्षेत्रले पुर्याएको योगदानलाई गिजोल्ने, व्यवसायीहरुमाथि आक्रमण गर्ने र गुण्डागर्दी गरि कानुन हातमा लिने यस्ता तत्वलाई पहिचान गरि कानुनी दायरामा ल्याउन माग गर्दछौं । साथै वैदेशिक रोजगारमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुलाई समस्या परेमा सम्बन्धित व्यावसायी कम्पनी, संघ र बिभागमा समक्ष राख्न अनुरोध गर्दछौं ।

राजेन्द्र भण्डारी          जनक रावल

अध्यक्ष                     महासचिव 

प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच,नेपाल 

गौशाला, काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण