पुस २२, काठमाडौँ | मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा धेरै लाग्ने भएका कारण त्यो अवधि छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने योजना लागू लागेको द स्टारले लेखेको छ ।
मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने बताएका छन् । उनले अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेसमेत बताएका छन् ।
श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुनेछ । उनले रोजगारदातालाई सम्बोधन गदै यस्तो बताएका छन् ।